Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

काभ्रेका सहिद मुकेशकाे परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउँदै परिवार

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रे बनेपाका मुकेश  कायस्थको  परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । अर्धचेत भई शय्यामै ‘जीवन-मरण’को अवस्था रहनुभएका बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेशको उपचारको क्रममै वि.सं.२०८० वैशाख २७ गते अस्पतालमा निधन भएको थियो । 

वि.सं.२०८० जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । यसपछि मुकेशको परिवारले केही प्रविधिक त्रुटिका कारण राज्यबाट पाउने सुविधा पाएको थिएन । सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित रहँदै आएको थियो । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट सुविधा पाउनबाट भएको वञ्चितिबारे जानकारी गराएपछि सरकारको तर्फबाट सहिदले पाउनेसरह सबै सुविधा पाउने भएको हो । 

सहिद मुकेशकी आमा मीरा कायस्थले बुधबार गृहमन्त्री लेखकसँग भेटी उक्त जानकारी गराएपछि लेखकले राज्यबाट पाउने सुविधा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले गृहमन्त्रीलाई भेटेर आयौँ, उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ, केही प्राविधिक त्रुटि सच्याएर राज्यबाट पाउने सुविधा सबै दिलाउँछौँ, मेरो प्रतिबद्धता छ भन्नुभएको छ”,  कायस्थखे  भनिन । उनले यसअघि राज्यबाट सहिद परिवारले पाउने कुनै पनि सुविधा नपाएको बताइन । 

“राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो भन्नका लागि गृहमन्त्री भेट्न गएका हौँ, उहाँले सुविधान प्रदान गर्न छिट्टै प्रक्रिया अघि बढाउने भन्नुभएको छ, आशावादी भएका छौँ”, कायष्थले भनिन् । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । यस्तै २०७८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको ‘लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति’ले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो । 

सरकारले उक्त परिवारको बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो । मुकेश दोस्रो जनआन्दोलन (२०६२-६३)मा गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गर्दा पनि अर्धचेत अवस्थामै रहेपछि कायस्थ परिवारले निकै पीडा खेप्दै आएको थियो । आन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेशलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदेखि उनको होस खुल्न सकेको थिएन भने बायाँ हात र गोडा राम्रोसँग चल्दैनथ्यो । 

गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । बनेपाको विद्या सागर स्कुलमा कक्षा ८ मा अध्ययनरत मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका थिए । मुकेश घाइते भएको केही समयपछि उनको उपचारार्थ सहयोग एवम् समन्वयका लागि ‘मुकेश फाउण्डेशन’समेत स्थापना गरिएको थियो । गोली लागेर घाइते भएकाे दिनदेखि ‘ओछ्यान’मा परेका मुकेशलाई ‘ज्यूँदा सहिद’ भन्ने गरिँदै आइएको थियो । 

मुकेश ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहे । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही हल्लाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खाने कुरा खानसक्नेसम्म भएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्‍याे । बाबा-आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहार सुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन । 

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा बिरामी परेपछि पेटमै पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । चिकित्सकका अनुसार मुकेशको टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा स्वास्थ्यमा थप समस्या हुँदै आएको थियो । थप बिरामी परेपछि मुकेश दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिँदै गयो । 

कसैले उनको नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश पछिल्लो वर्षदेखि बोल्न छाडेका थिए । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिन् थिए । मुकेश परिवारको एक्ला छोरा हुन् । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भएको होला, त्यत्रा वर्षसम्म ओछ्यानमै रहेर हामीलाई छोडेर गयो !” मुकेशका बाबु कृष्णमानले भने । 

बिरामी परेयता मुकेश दाँया हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्थे । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्दथ्ये । मुकेशको चेत खुल्नसके थप सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि, भन्ने आशामा बसेको थियो कायस्थ परिवार । तर, देश-विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहित थियो उक्त परिवार । आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । 

दोस्रो अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामा काठमाडौँको जोरपाटीमा मारिएका थिए । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE