एजेन्सी । टोकियोले बुधबार टोयोटाका प्रमुखलगायत अन्य १२ जना वरिष्ठ जापानी व्यापारीलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने रुसको निर्णयको विरोध गरेको छ ।
रुसी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिबन्ध सूचीमा टोयोटाका अध्यक्ष अकिओ टोयोडा, राकुटेन प्रमुख हिरोशी मिकितानी र सरकारसमर्थित जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सीका अध्यक्ष अकिहिको तनाकाको नाम समावेश छ ।
‘जापानले विशेष सैन्य अप्रेसनको सम्बन्धमा हाम्रो देशविरुद्ध जारी गरेको प्रतिबन्धहरूको प्रतिक्रियामा यो निर्णय गरिएको हो,’ रुसी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । रुसले मित्सुबिसी, होन्डा र सोनीजस्ता प्रमुख जापानी कम्पनीका प्रमुखको नाम समावेश नभएको उक्त सूचीका लागि व्यक्तिहरू कसरी छानिए भनेर व्याख्या गरेको छैन ।
जापानले युक्रेनलाई आर्थिक र भौतिक समर्थन प्रदान गरेको छ भने रुसी व्यक्ति र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ । जापानको संविधानले हतियार निर्यात गर्न प्रतिबन्ध लगाएको छ । तर, डिसेम्बरमा टोकियोले घरेलु रूपमा निर्माण गरिएको प्याट्रियट मिसाइलहरू संयुक्त राज्य अमेरिकामा निर्यात गर्न आफ्नो हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो ।
युक्रेनमा आपूर्ति गरिएका कारण अमेरिकामा कम भएका हवाई रक्षा मिसाइलको संख्या बढाउने उद्देश्यले जापानले यो कदम चालेको थियो । ‘रुसको यस घोषणाले जापानी कम्पनीहरूको निष्पक्ष गतिविधिलाई प्रतिबन्धित गर्नेछ जुन पूर्ण रूपमा अस्वीकार्य छ,’ जापानी सरकारका प्रवक्ता योसिमासा हयासीले बुधबार भने, ‘रुस–युक्रेन द्वन्द्वका कारण हामीमा लगाइएका प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनको स्पष्ट रूपमा उल्लंघन हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: