बाँके । डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न स्थानका ६८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपण गरेको छ । गत आर्थिक वर्ष ०८०–८१ मा उक्त सङ्ख्यामा वृक्षरोपण गरिएको हो ।
डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार बिरुवा लगाइएको बताए । उनका अनुसार एक हेक्टर जमिनमा एक हजार ६ सयका दरले वृक्षरोपण गरिएको हो ।
कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वनक्षेत्रको ४.०० हेक्टर, जलहन सामुदायिक वनक्षेत्रको २२.००, जलनधारा सामुदायिक वनक्षेत्रको १०.००, भुवर भवानी सामुदायिक वनक्षेत्रको ३.८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको ७.५३ हेक्टर गरी ४७.३४ हेक्टर खाली जमिनमा उक्त बिरुवाहरू लगाइएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
त्यसैगरी, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११.०० हेक्टर र समय भवानी सामुदायिक वनको ५ हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षारोपण गरिएको छ । वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र ५ हेक्टर जमिनमा वृक्षरोपण गरिएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
उक्त खाली जमिनमा खयर, असना, मौवा, जामुन, बर्रौ, बेल, बिजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राजवृक्षलगायतका बिरुवा लगाइएको रोकाले जानकारी दिए । ६८.३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्नमा ६९ लाख ८० हजार रुपियाँ खर्च भएको रोकाले बताए ।
डिभिजन वन कार्यालय बाँकेले आर्थिक वर्ष ०७९–०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपण गरेको थियो । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगर लगायतका खाली जग्गा भएका क्षेत्रहरूको पहिचान गरी लाखौँ बिरुवाहरू लगाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: