स्याङ्जा । स्याङ्जा जिल्ला अदालतमा २०८०/८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा नयाँ दर्ता भएका ९५२ मुद्दामध्ये ४६५ सम्बन्ध विच्छेद र ८५ वैवाहिक सम्बन्ध विच्छेद गरी ५५० मुद्दा रहेका छन् ।
अदालतमा दर्ता भएका मुद्दामध्ये ५७ प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् । अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले सम्बन्ध विच्छेदका मुद्दामा महिलावादी ४४२ र पुरुषवादी भएका १०८ वटा रहेको बताए । पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ५४८ र वैवाहिक सम्बन्ध विच्छेद ९४ रहेकोमा अब १०२ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।
सम्बन्ध विच्छेद वैदेशिक रोजगार र प्रविधिको नकारात्मक प्रभावले बढेको शर्माको भनाइ छ । सामाजिक सञ्जालको गलत प्रयोग, सामाजिक मानसिकता, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका छन् ।
अदालतमा दर्ता भएका मुद्दामा ७१ वटा अंश मानाचामल, ३३ वटा लेनदेन, चेक अनार ३२ वटा, लिखत बदर ३१ वटा, चार घरेलु हिंसा, जालसाजी ४५ वटा, जबरजस्ती करणी १६, बहुविवाह पाँच वटा, किर्ते एक वटा, १० वटा सवारी ज्यान, लागूऔषध १४ वटा, चोरी ३२ वटा मुद्दा दर्ता भएका हुन् ।
पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३५५ मुद्दा रहेकोमा एक हजार चार अर्थात् ७४ प्रतिशत मुद्दा फर्छ्योट भएको शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: