Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

दुई वर्षमा बोर्डको खर्चमा १२ पटक विदेश भ्रमण गए भुवन केसी

खबरडबली संवाददाता

काठमाडौं । अभिनेता भुवन केसीको यही बधुबारबाट चलचित्र विकाश बोर्डमा अध्यक्ष पदावधि सकिँदैछ । उनी यतिबेला बेलायतमा छन् । त्यहाँ जारी ‘नेपाली फिल्म फेस्टिबल–२०२४’ को लागि उनी बेलायत पुगेको हुन् । अध्यक्षको रुपमा यो उनको अन्तिम अर्थात १२ औं विदेश भ्रमण पनि हो । उनी बेलायतको कार्यक्रमबाट नेपाल फर्कँदा चलचित्र विकाश बोर्डको अध्यक्ष पदावधी सकिएका हुनसक्छ ।

चलचित्र विकाश बोर्डको अध्यक्षहरुमा सबैभन्दा बढी बिदेश घुम्ने रेकर्ड भुवन केसीले बनाएका छन् । दुई वर्षमा अभिनेता भुवन केसीले दर्जन पटक विदेश भ्रमण गरिसकेका छन् । यस अघि कुनै पनि बोर्ड अध्यक्षले दुई वर्षको कार्यकालमा यति धेरैपटक विदेश घुमेका थिएनन् । बोर्ड अध्यक्ष केसीले चलचित्र विकाश बोर्डकै खर्चमा दुई वर्षमा यतिधेरै पटक विदेश भ्रमण गरेको बोर्डका एक कर्मचारीले बताए ।

यति धेरै पटक विदेश भ्रमण गर्नुको कारण सबै अफिसियल भ्रमण भएको अध्यक्ष केसीले यस अघि बताउँदै आएका थिए । तर चलचित्र विकाश बोर्डका एक कर्मचारीले यस विषयमा राजधानीसँग भने,‘बिगतमा बोर्डका सदस्य र कर्मचारीलाई समेत आलो पालो गरेर बिदेशका कार्यक्रममा सहभागी हुन पठाईन्थ्यो र बोर्ड अध्यक्ष मुस्किलले दुई वर्षमा ३÷४ पटकसम्म बिदेश भ्रमणमा जानु हुन्थ्यो । तर यसपटक अध्यक्षले ती सबै रेकर्ड तोडेर १२ पटक बिदेश भ्रमण गर्नु भएको देखियो ।’

यो दुई वर्षमा भुवन केसी अध्यक्षको रुपमा बेलायत मात्र तीन पटक पुगे । तीन पटक नै उनी चलचित्र विकाश बोर्डको पैसामा बेलायत पुगेका हुन् । बेलायतको कार्यक्रमलाई उनले बोर्डबाट दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग गरेको छन् । शनिबार बेलुका समापन समारोह रहेको ‘नेपाली फिल्म फेस्टिबल’का लागि अध्यक्ष भुवन केसी बिहिबार नै बेलायत उडेका हुन् । यो कार्यक्रमका लागि बोर्डबाट डेढ लाख रुपैयाँ सहयोग गरिएको देखिन्छ ।

भुवन केसीको यतिधेरै विदेश मोह रह्यो की चलचित्रसँग सम्बन्धिन नरहेका संस्थाले गरेको कार्यक्रममा समेत चलचित्रको कार्यक्रम राखेर उनी बेलायत पुगे । नेशलन डेल्फिक काउन्सिल नामको गैह्र सिने सँस्थाले बेलायतमा आयोजना गरेको सेमिनारमा चलचित्र सम्बन्धि एउटा कार्यक्रम राखेर गत २५ माघमा भुवन केसी अध्यक्षको रुपमा बेलायत गएका थिए । यो क्रममा उनी एकसाता बेलायत बेसेका थिए । 

यो कार्यक्रमको लागि बोर्डबाट पाँच लाख रुपैयाँ सहयोग गरिएको बोर्डका कर्मचारीको भनाई छ । यस अघि पनि अध्यक्षको रुपमा अर्को एउटा कार्यक्रममा ११ माघ २०७९ मा भुवन केसी बेलायत पुगेका थिए । तर त्यतिबेला आफु कुन कार्यक्रमको लागि बेलायत पुगेको भनेर उनले आफ्नो सामाजिक सञ्जालमा खुलाएका छैनन् । यसरी दुई वर्षमा भुवन केसी तीन वटक बेलायत पुगे ।

यस्तै उनी चलचित्र विकाश बोर्डको पैसामा यो अवधिमा दुई पटक अमेरिका पनि पुगे । आफु बोर्ड अध्यक्ष भएपछि १३ देखि १५ अक्टोबर २०२२ मा अमेरिका स्थित कोलोराडोको डेनबर शहरमा भएको पाँचौं ‘एटा एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड –२०२२’को लागि पनि उनी अमेरिका गएका थिए । २०७९ सालको दशैं मानेर लगत्तै आफ्नी प्रेमिका जिया केसीलाई समेत लिएर अमेरिका पुगेका भुवन यो अवार्डमा तीन दिन सहभागी भएपछि उतै तिहार मनाएर तीन सातापछि नेपाल फर्किएका थिए । 

यो अवार्डको लागि पनि चलचित्र विकाश बोर्डले राम्रै आर्थिक सहयोग गरेको थियो । यस्तै उनी छैटौं ‘एटा एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड –२०२३’को लागि १० अगष्ट २०२३ मा अमेरिका पुगेका थिए । यो अवार्ड २७ साउन २०८० मा न्युयोर्कको किन्समा अयोजना भएको थियो । यो अवार्डलाई पनि चलचित्र विकाश बोर्डबाट सहयोग गरिएको थियो । आफ्नो दुई वर्षको कार्यकालमा भुवन केसी एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको लागि दुई पटक अमेरिका पुगेका हुन् ।

चलचित्रसँग सम्बन्धित नभएको अर्को अवार्डमा पनि उनी चलचित्र विकाश बोर्डबाट आर्थिक सहयोग प्रदान गर्ने भन्दै जापान घुमेका छन् । सत्यकला लामा र समिल लामाले जापानमा गत माघको अन्तिमसाता आयोजन गरेको ‘एमएमएस अवार्ड–२०२४’को लागि भुवन केसी जापान गएका थिए । यो अवार्डमा उनले आफ्नो प्रेमिका जियालाई समेत लगेका थिए । यो अवार्डमा भने चलचित्र विकाश बोर्डकी एक महिला कर्मचारी बोर्डका तर्फबाट सहभागी भईन् । 

बोर्डबाट यो अवार्डका लागि ९ लाख रुपैयाँ दिने तयारी गरिएको भएको थियो । पछि बोर्डका सदस्यसचिव र सदस्यहरुले सो बाजेट पास गर्न नमानेपछि केही रकम घटाएर सो म्युजिक अवार्डलाई आर्थिक सहयोग प्रदान गरिएको पनि बोर्डका कर्मचारीले बताएका छन् । यसरी म्युजिक अवार्डमा समेत बोर्डबाट आर्थिक सहयोग प्रदान गरेर भुवन केसी विदेश पुगेको बोर्डका ती कर्मचारीले राजधानीलाई खुलाए ।

भुवन केसी आफ्नो अध्यक्ष कार्यकालमा दुई पटक भारतको मुम्बई पुगेका छन् । मुम्बईमा जेठको तेश्रो साता आयोजना गरिएको दादा साहेव फाल्के अवार्डमा सहभागी हुन उनी १६ जेठमा मुम्बई पुगेका थिए । बोर्डकै खर्चमा मुम्बई पुगेका उनी एकसाता मुम्बई बसेर काठमाडौं फर्केका थिए । उनी फेरी गत असारको पहिलो साता मुम्बई पुगे । यसपटक भने बोर्डकै खर्चमा चलचित्र विकाश बोर्डबाट उनी अफिसियल भ्रमणको लागि मुम्बई पुगेका हुन् । 

त्यहाँ चलचित्र सेन्सर सम्बन्धि एउटा कार्यक्रममा असारको पहिलो साता राखिएको थियो । जसमा उनी दुई दिन सहभागी भएको देखिन्छ । भुवन यस अघि पनि चलचित्र विकाश बोर्डबाटै अध्यक्षको रुपमा भारतको गोवा पुगेका थिए । गत मँसिर २ गतेबाट भारतको गोवामा सुरु भएको अन्तराष्ट्रिय फिल्म बजारमा सहभागी हुन बोर्डका तर्फबाट त्यहाँ पुगेका थिए । यो भ्रमणमा उनले बोर्डका केही कर्मचारीलाई पनि सहभागी गराएका थिए । त्यो चलचित्र बजारमा चलचित्र विकाश बोर्डका तर्फबाट एक दर्जन पोष्टर टाँसेर केही बुकलेटहरु सहित एउटा स्टल पनि राखिएको थियो । यो कार्यक्रममा पनि बोर्डको राम्रो खर्च भएको थियो ।

भुवन केसीको सबैभन्दा विवादित बिदेश यात्रा दुवईको यात्रा रह्यो । चलचित्र विकाश बोर्डका तर्फबाट ५० लाख रुपैयाँ खर्च गरेर एउटा नीजि कम्पनीसँग भुवन केसीले २०७९ फागुनको पहिलो साता दुवईमा तीन दिवसीय ‘नेपाल सिनेमा फेस्टा–२०२३’ आयोजना गरे । यो फेस्टमा चलचित्र विकाश बोर्डका सबै सदस्य, सदस्य सचिव र आधा भन्दा बढी कर्मचारीसहित जम्बो टोली नेपालबाट गएको थियो । सो फेस्टामा आफुहरुलाई नसमेटेको भन्दै नेपाली चलचित्र उधोगका सबैजसो संघ संस्थाका अध्यक्षहरुले सो फेस्टाको विरोध समेत गरेका थिए । भुवनको एक साताको यो दुवई भ्रमण थियो ।

जर्मनमा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल–२०२३’ गत सेप्टेम्बरमा आयोजना हुँदै थियो । यो महोत्सबका अध्यक्ष सन्तोष सुवेदी विरामी भएपछि अन्तिम चरणमा यो फेस्टिबल त्यहाँ आयोजना हुन सकेन । यो फेस्टिबलको प्रमुख अतिथिमा बोर्ड अध्यक्ष भुवन केसी थिए । जसका लागि अध्यक्ष केसीको भिसा समेत लागेको थियो । फेस्टिबल रद्ध भए पनि आफ्नो भिसाको सदुपयोग गर्दै अभिनेता भुवन केसी गत २३ सेप्टेम्बरमा युरोप भ्रमणमा निक्लिए । त्यतिबेला स्विट्जरल्यान्डलगायत विभिन्न युरोपको सेन्जियन मुलुक घुमेर उनी एक सातामा नेपाल फर्किएका थिए ।

यसरी दुई वर्षको आफ्नो चलचित्र विकाश बोर्डको कार्यकाल सकिँदै गर्दा बोर्डको तर्फबाट चलचित्र कार्यक्रम देखि साँगीतिक तथा अन्य कार्यक्रममा आर्थिक सहयोग गरेर भुवन केसीले १२ पटकसम्म बिदेश भ्रमण गर्न भ्याए । उनको यो भ्रमणलाई बोर्डका कर्मचारीहरुले समेत केसीको विदेश भ्रमण मोहको रुपमा चर्चा गरेका छन् । योे समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending