Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपाल र चीनबिच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

खबरडबली संवाददाता

काठमाडौं । पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबिच सम्झौता भएको छ । नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबिच दुईपक्षीय सम्झौता भएको हो । 

चीनको सिचाङ स्वायत्त प्रदेशको निङची/लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महत्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदानप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवर्द्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरूको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबिच चार बुँदे सम्झौता भएको हो । सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवर्द्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ । 

यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठुलो भएको सङ्घले दाबी गरेको छ । सम्झौता अनुरूप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालीन अवस्थामा गर्नुपर्ने उद्धारका लागि सहयोग र सहकार्य गरिनेछ । यसको उपलब्धि स्वरूप तत्काललाई दुई पक्षबिच ‘हाइ अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ । सङ्घसहित चीन र नेपालको सरकारी प्रतिनिधिहरू समेत रहने उक्त संयत्रले उद्धारलाई थप छिटो, छरितो र प्रभावकारी बनाउनका लागि काम गर्नेछ । 

यस्तै, नेपाल पर्वतारोहण सङ्घ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबिच आरोहण संस्कृतिको प्रवर्द्धन गर्ने सहमति भएको छ । विशेषगरी दुई देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति भएको छ । साथै, सगरमाथा लगायतका हिमालहरूको आरोहणमा जाने आरोहीहरूलाई थप सहयोगमा  सहकार्य गर्ने सहमति भएको छ । आरोहणसम्बन्धी जनशक्ति उत्पादनमा सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घले उच्च स्तरको पर्वतारोहण तालिम लिनका लागि उनीहरूका आरोहीलाई नेपाल पठाउने सहमति भएको सङ्घले जनाएको छ । 

उपयुक्त सम्झौता कार्यान्वयनका लागि चीनकोतर्फबाट सिचाङ क्षेत्र जनसरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घ र नेपालकोतर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र सङ्घको प्रतिनिधि रहने एउटा संयन्त्रको निर्माणका लागि प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । 

उनका अनुसार नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा अर्को वर्ष दुई देशबिच संयुक्त आरोहणका लागि प्रस्ताव गरिएको र त्यसप्रति सकारात्मक प्रतिक्रिया आएको छ । विगत वर्षमा पनि दुई देशबिच नेपाल–चाइन फ्रेण्डसिप पिकको आरोहण गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending