Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार

खबरडबली संवाददाता

कम्बोडिया । कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ । 

सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत कम्बोडियास्थित भारतीय दूतावासले बताएको छ, “कम्बोडियाका अधिकारीको सहयोगमा साइबर अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकहरू रिहा भएका छन् । कम्बोडियाली पक्षले उनीहरूको हेरचाह गरिरहेको छ । दूतावासले उनीहरूको द्रुत घर फिर्तीका लागि काम गरिरहेको छ र उनीहरूको कल्याणका लागि प्रतिबद्ध छ ।”

“कम्बोडियाली अधिकारीसँग नजिकको सहकार्यमा दूतावासले जबरजस्ती अनलाइन ठगीमा फसेका ६५० भन्दा बढी भारतीय नागरिकहरूको उद्धार र स्वदेश फिर्ता गर्न सहयोग गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

भारतीय दूतावास कम्बोडियाका अधिकारीसँग निरन्तर सम्पर्कमा छ । उद्धार गरिएका १४ जना भारतीय नागरिकहरूको सुरक्षित र समयमै भारत फिर्ता सुनिश्चित गर्न आवश्यक औपचारिकता द्रुतरूपमा पूरा गर्न अनुरोध गरेको विज्ञप्तिमा जनाइएको छ । 

“दूतावासले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र कम्बोडियामा भारतीय नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ । भारतीय नागरिकहरूलाई देशमा कुनै पनि रोजगारीको प्रस्तावको सन्दर्भमा अत्यधिक सावधानी अपनाउन र कुनै पनि संदिग्ध गतिविधिबारे दूतावासलाई तुरुन्तै जानकारी गराउन सल्लाह दिइन्छ,” विज्ञप्तिमा भनिएको छ । 

यसअघि मे महिनामा कम्बोडियामा रहेको भारतीय दूतावासले कामका लागि कम्बोडिया जाने भारतीय नागरिकका लागि विदेश मन्त्रालयद्वारा अनुमोदित अधिकृत दलालमार्फत मात्र रोजगारी सुरक्षित गर्न सुझाव जारी गरेको थियो । 

“कम्बोडिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा रोजगारीका लागि जाने सबै भारतीय नागरिकहरूलाई यस क्षेत्रमा धेरै नक्कली दलालहरू कार्यरत रहेको जसले भारतीय दलालसँग मिलेर मानिसहरूलाई साइबरसम्बन्धी गैरकानुनी काम गर्ने कम्पनीमा रोजगारीको प्रलोभन दिइरहेका छन् ।”

कम्बोडियामा रहेको भारतीय दूतावासका अनुसार दुबई, बैंकक, सिङ्गापुर र भारतजस्ता ठाउँहरूमा यी कम्पनीहरूसँग सम्बन्धित दलालले साधारण अन्तर्वार्ता र टाइपिङ परीक्षा लिएर उच्च तलब, होटल बुकिङ, फिर्ती हवाई टिकट र भिसा सुविधा प्रदान गर्ने प्रलोभनमा पारी भारतीय नागरिकहरूलाई अवैध साइबर गतिविधिमा संलग्न गराइरहेका छन् । रासस/एएनआई

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending