काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताएका छन् ।
तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकमा दुई ठुला दल मिलेर सरकार बन्नु भनेको नै राजनीतिक स्थिरताको सन्देश दिएको बताए ।
“विगतमा राजनीतिक अस्थिरता हुँदा जनचाहनाअनुरूप काम भएन । अब स्थिर सरकार बनेको छ, यसले विगतको भन्दा सकारात्मक र प्रभावकारी काम गरेर देखाउँछ”, उनले भने । उनले नयाँ सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले स्थानीय तह प्रत्यक्ष जनतासँग जोडिएको सरकार भएकाले जनताको अपेक्षाअनुसार प्रभावकारी काम गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
नयाँ प्रशासकीय भवन सञ्चालन भएपश्चात् सेवा प्रवाह थप प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको उनले बताए । कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले नयाँ प्रशासकीय भवन निर्माण भएसँगै जनताले सहजरुपमा सेवा पाउने बताए । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय तहमा देखिएका समस्या समाधान गरी समृद्ध तारकेश्वर निर्माण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पारे ।
वि.सं.२०७७ असोज २९ गते सम्झौता भई वि.सं.२०७९ चैतमा सम्पन्न भएको उक्त भवन १७ करोड १५ लाख चार सय ८४ मा निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जानकारी दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: