Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

संविधान संशोधन तथा परिमार्जन आवश्यक छ:अध्यक्ष यादव

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताएका छन् । 

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताए । उनले संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान पूर्ण नरहेको बताए । 

अध्यक्ष यादवले तीन सयभन्दा बढी संशोधन प्रस्तुत भए पनि संशोधन नै नगरी घोषणा गरिएको बताए । उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको जानकारी दिए । 

उनले भने, ‘‘अहिले मुलुकको राजनीतिक अवस्था डिलमै पुगिसकेको छ । कहिले कहीँ चिन्ता हुन्छ, अब यि ठुला दलको संयुक्त सरकार असफल भए, यो सहकार्य लामो गएन भने त्यसपछिको विकल्पहरु कति दुःखद् र पीडादायी होला । यो ठूलो चुनौति रहेको छ । मुलुक त्यसबेला ठूलै राष्ट्रिय संकटतर्फ जानसक्छ । संकटतर्फ नजाओस् भन्ने हाम्रो चाहना हो । संविधान संशोधनको सवाल अति महत्त्वपूर्ण सवाल हो ।,’’ अध्यक्ष यादवले भने, ‘‘यो संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएका थिए । जनतामाथि गोली वर्षाएर, जनता मारेर घाषणा गरिएको संविधान हो । संविधान सभामा तीन सयभन्दा बढी संशोधन प्रस्तुत भएका थिए, छलफल नगरिकन घोषणा गरियो । यो संविधानको पुनःलेखन, संशोधन, परिमार्जन आवश्यक छ । शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संशोधनको आवश्यकता छ ।’’

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्डः ९ जनाको मृत्यु, १० जना घाइते

जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...

पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन

अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending