Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

चार जिल्लामा भएकाे सवारी दुर्घटनामा परी चारजनाकाे मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुली, बाँके, सिराहा र कास्की जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, गोलन्जोर गाउँपालिका-३ बन्दिजोर खोलास्थित सडकमा देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २-००१ ह १३७१ नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार कमलामाई नगरपालिका-१३ बस्ने ३५ वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको छ । 

अटोले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ६ जना र पैदलयात्री १ जनाको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१ सिद्धार्थ कटेजस्थित सडकमा भे.१२प ५०६० नम्बरको मोटरसाइकल र भे.१३प ४५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा भे.१३प४५८१ नम्बरको मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन रोका क्षेत्रीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । भे.१२ प ५०६० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
सिराहा, औरही गाउँपालिका-१ दरैहियास्थित सडकमा बरियारपट्टीबाट औरहीतर्फ जाँदै गरेको म.प्र.०१-००४ प ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २२ वर्षीय रमेश मण्डलको शुक्रबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

कास्की, अन्नपुर्ण गाउँपालिका-३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना.३५ प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ लक्ष्मी देउराली बस्ने ४२ वर्षीय पुष्पराज पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...

जुम्लामा १८ हजार मेट्रिक टन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को सेयर

रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending