Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

खबरडबली संवाददाता

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन् ।
विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेको भेटिन्छ ।

जडिबुटीहरूको मिश्रण रहेका त्यस्ता आयुर्वेदिक औषधी प्रयोग गरे ‘लाइफटाइम’ सुगर ठिक हुने भन्दै विज्ञापनहरू गरिरहेको पाइन्छ । यस्तै विज्ञापनको भर परेर आयुर्वेदिक औषधी सेवन गर्दा गण्डकी प्रदेशका एक जना पूर्वमन्त्रीले सास्ती खेप्नु परेको छ ।

‘बाई बाई सुगर’ नामको आयुर्वेदिक औषधीजन्य क्याप्सुलको भर पर्दा उनले शारीरिक मात्रै होइन, मानसिक यातना खेप्नु पर्‍यो । बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन् ।

उनी उक्त क्याप्सुल बेच्ने नेपाली कम्पनीलाई कारबाही माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका हुन् । गोपनीयतालाई मध्यनजर गर्दै यहाँ ती पूर्वमन्त्रीको पहिचान खुलाइएको छैन ।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती मन्त्रीले तीन महिना ‘बाई बाई सुगर’ क्याप्सुल सेवन गरे । तर, सुगर नियन्त्रण हुनुको सट्टा बढेको बढै गरेपछि उनी सशंकित भए । चिकित्सककहाँ पुगेपछि उनले थाहा पाए ‘बाई बाई सुगर’को भर पर्दा आफ्नो स्वास्थ्यमा झन्डै गम्भीर समस्या निम्तिन लागेको ।

त्यसपछि उनी प्रहरीकहाँ पुगेर निवेदन दिएका छन् । बोगटीका अनुसार ‘बाई बाई सुगर’ बेचबिखन गर्ने कम्पनी काठमाडौं सोह्रखुट्टेमा रहेको पत्ता लागेको छ । ‘त्यसका सञ्चालकलाई हामीले बोलाएका छौं, उनी आइसकेका छैनन्,’ बोगटीले भने ।

उनका अनुसार यसको फेसबुक पेज देखिएको छ । ठेगाना काठमाडौं लेखिएको छ । त्यहाँ ‘बाई बाई सुगर’को विज्ञापनहरू पोष्ट गरिएको छ । अमेरिकामा बनेको र विश्वप्रसिद्ध रहेकाले सुगर निर्मूल हुने भन्दै इन्सुलिन लगाइरहन नपर्ने भनी आश्वस्त पारिएको छ ।

तीन महिना लगातार सेवन गरे सदाका लागि सुगरबाट मुक्ति पाइने प्रचार सामग्री त्यहाँ राखिएको छ । उक्त क्याप्सुल अमेरिकामा बने-नबनेकोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । बोगटीले यसको सत्यता परीक्षणका लागि अनुसन्धान भइरहेको बताए । बोगटीले सामाजिक सञ्जालमा पोस्ट गरिएका विज्ञापन हेरेर आयुर्वेदिक औषधी सेवन गर्दा विचार पुर्‍याउनु पर्ने देखिएको बताए ।

उनले चिकित्सकको परामर्श र औषधी कम्पनीको आधिकारिकता परीक्षण गरेर मात्रै यस्ता औषधी सेवन गर्न सुझाव दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending