Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो । 

आर्थिक वर्ष २०८०/८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिए । १५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । 

पाँच हजार दुई सय ५० गाई, भैँसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ । ४४ हजार तीन सय ३८ बाख्रा र ११ हजार तीन सय ७९ भेडालाई पिपिआर विरुद्धको खोप लगाइएको पशुसेवा प्राविधिक रिजालले बताए । यसै गरी तीन हजार सात सय ४७ कुकुर र ७८ बिरालोलाई रेविज विरुद्धको एआरभी खोप लगाइएको छ । कृषकका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति, जनप्रतिनिधि र अगुवा कृषकलाई अभिमुखीकरण गरी खोप लगाउन एक सय १८ जना प्राविधिक परिचालन गरिएको थियो । 

पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा दुई चरणमा खोप अभियान सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । पूर्ण खोप अभियानका लागि एक वडामा भूगोल र पशु सङ्ख्याको आधारमा दुईदेखि तीन जना प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी रहेको पशु प्राविधिकहरू बताउँछन् । 

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय, खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा.भरत रेग्मीले बताए । 

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पछिल्लो तीन वर्षयता प्राथमिकताका साथ पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending