कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले आज पोखरामा आयोजना गरेको कार्यक्रममा आयोजना अवधारणा पत्र सार्वजनिक गर्दै उनले अहिले पनि पहुँचका आधारमा योजना पर्ने गरेको गुनासो सुन्नु परेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले विशेष गरी बजेट निर्माणका बेलामा आफ्नो क्षेत्रमा योजना पार्नका लागि सांसद, कर्मचारी तथा राजनीतिक नेतृत्वको दबाब बढी हुने गरेको सुनाए । उनले भने, “आवश्यकताका आधारमा गरौँ भन्यो भने कसैले मान्दैनन् । भइरहेको बाटो बाह्रै महिना राम्रोसँग चल्ने बनाइदेऊ भनेर कसैले भन्दैन । बरु उसले पहिला मेरो घरको बाटो बनाइदेउ भन्छ, त्यसपछि गाउँ जाने बाटो, वडा जाने बाटो र बल्ल अन्तिममा पालिकाको बाटो भन्छन् ।”
आयोजना बैंक भएमा व्यावहारिक कार्यान्वयनमा सहजता हुने भए पनि मानसिकरुपमा नबदलिएसम्म कार्यान्वयनमा जान नसकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । “आयोजना बैंकको अवधारणा राम्रो भए पनि लागू गर्न व्यावहारिकरुपमा कठिन कठिनाइ छ । सबै मिलेर सकारात्मक निर्णय गर्दा मात्र लागू गर्न सकिन्छ”, मुख्यमन्त्रीले भने । मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश नीति तथा योजना आयोगले प्रदेशको नीति निर्माण र योजना तर्जुमाको प्रक्रियालाई व्यावहारिक र सन्तुलित बनाउन तथा योजनाको वैज्ञानिक ढङ्गबाट छनोट एवम् प्राथमिकीकरणका लागि आयोजना बैंकको अवधारणा ल्याएको छ ।
आयोजना बैंक तयारीका लागि आयोजनाको पहिचान, लेखाजोखा र आयोजना छनोट तथा प्राथमिकीकरण गरी तीन प्रमुख चरण रहने अवधारणा पत्रमा उल्लेख छ । योजनाका लागि बजेट विनियोजन भएपछि मात्र सम्भाव्यता अध्ययन गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेजस्ता परिपाटीका कारण ठूला एवम् गौरवका आयोजना अलपत्र परेको अवस्थामा आयोजना बैंकको योजनाअघि सारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए ।
“प्रदेशका महत्वपूर्ण आयोजन पहिचान एवं छनोटको निश्चित मापदण्ड तयार गरी सोही बमोजिम आयोजना छनोटको प्रक्रिया थालनी गर्ने उद्देश्य राखिएको छ”, देवकोटाले भने । योजना तथा पूर्वाधार विज्ञ मनिरामसिंह महतले आयोजना बैंकको अवधारणा, आयोजना बैंकको सुदृढीकरणका लागि विषयगत मन्त्रालयको भूमिका, आयोजना तयारी, लेखाजोखा, छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा स्पष्ट पारेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: