मास्को । रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टले मार्फत जनाएको हो । ब्लाक सी मा रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ ।
सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिबिधि रूसी सेनाको आक्रमणको विरुद्धको बदला सँग जोडिएको बताएको थियो । रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए ।
रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा गए राती थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउँदै कुनै हताहत वा क्षति नभएको स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा उल्लेख गरेको छ । युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ ।
सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापक रूपमा ड्रोन लगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: