Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

सिमलताल घटना : उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

खबरडबली संवाददाता

चितवन । गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । 

घटनाको अध्ययन गर्न आएको कार्यदललाई सरोकार भएकाहरुले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव सङ्कलनका क्रममा उनिहरुले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यवाहक अध्यक्ष श्याम बिष्ट, नेकपा (माओवादी केन्द्र)का संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्णप्रसाद भूसाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नरेन्द्र कन्दङ्वाले घटना भएको धेरै दिन बित्दासमेत बस तथा धेरै यात्रु पत्ता लाग्न नसकेका भन्दै नयाँ प्रविधिको प्रयोग गरी खोजी गर्न सुझाव दिए । 

सरकारले खोजीका लागि धेरै जनशक्ति परिचालन गरे धमिलो पानीमा खोजी गर्न सकिने आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको उनिहरुले बताए । भारी वर्षा भएको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएर दुर्घटना न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने उनिहरुको माग थियो । बर्सात सुरु भएसँगै सडकमा भएका नाली र कल्भर्टहरु सफा गर्न पनि उनिहरुले ध्यानाकर्षण गराए । 

कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले सडकको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताए । नौ सय मिटर माथिबाट खसेको पहिरोका कारण घटना भएको उनले जानकारी दिए । खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले आफूहरुसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताए । 

घटनास्थलबाट घुमाउनेसम्म सवारी साधन नभेटिएको उनले जानकारी दिए । शव घटनास्थलबाट करिब एक सय सात किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गरे । गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक छवि रिजालले खोजी कार्य द्रुतगतिमा अघि बढेको बताए । सबै क्षेत्रको सहयोगमा खोजी कार्य जारी रहेको बताए । 

मित्रराष्ट्र भारतबाट २१ तारिखसम्म आवश्यक सहयोग आउने उनले जानकारी दिए । “गोताखोरलगायत यहाँ नभएका उपकरण सहयोग गर्ने विषयमा भारत सरकारसँग समझदारी भइसकेको छ । त्यहाँबाट २१ तारिखसम्म सहयोग आइपुग्ने प्रतिवद्धता जनाइएको छ”, संयोजक रिजालले भने । बसमा करिब ६५ जना सवार रहेको भनिएको भए पनि वास्तविक सङ्ख्या अझै आउन नसकेको र खोजीका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । 

सुझाव सङ्कलनमा कार्यदलका सदस्यहरु नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि पुण्यप्रसाद सिटौला, विपद प्राधिकरणका उपसचिव सन्ध्या सिग्देलसहितको टोली चितवन आएको हो । 

टोलीले सुझाव सङ्कलनअघि घटनास्थलको निरीक्षण अनुगमन तथा स्थानीय र अस्पतालमा उपचाररत घाइतेसँग समेत घटनाको बारेमा बुझिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सुझाव सङ्कलनअघि प्रमुख जिल्ला अधिकारी यादवले घटनापछि भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । 

गत असार २८ गते वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये १८ जनाको शव फेला परेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE