Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिमलताल घटना : उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

खबरडबली संवाददाता

चितवन । गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । 

घटनाको अध्ययन गर्न आएको कार्यदललाई सरोकार भएकाहरुले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव सङ्कलनका क्रममा उनिहरुले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यवाहक अध्यक्ष श्याम बिष्ट, नेकपा (माओवादी केन्द्र)का संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्णप्रसाद भूसाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नरेन्द्र कन्दङ्वाले घटना भएको धेरै दिन बित्दासमेत बस तथा धेरै यात्रु पत्ता लाग्न नसकेका भन्दै नयाँ प्रविधिको प्रयोग गरी खोजी गर्न सुझाव दिए । 

सरकारले खोजीका लागि धेरै जनशक्ति परिचालन गरे धमिलो पानीमा खोजी गर्न सकिने आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको उनिहरुले बताए । भारी वर्षा भएको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएर दुर्घटना न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने उनिहरुको माग थियो । बर्सात सुरु भएसँगै सडकमा भएका नाली र कल्भर्टहरु सफा गर्न पनि उनिहरुले ध्यानाकर्षण गराए । 

कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले सडकको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताए । नौ सय मिटर माथिबाट खसेको पहिरोका कारण घटना भएको उनले जानकारी दिए । खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले आफूहरुसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताए । 

घटनास्थलबाट घुमाउनेसम्म सवारी साधन नभेटिएको उनले जानकारी दिए । शव घटनास्थलबाट करिब एक सय सात किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गरे । गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक छवि रिजालले खोजी कार्य द्रुतगतिमा अघि बढेको बताए । सबै क्षेत्रको सहयोगमा खोजी कार्य जारी रहेको बताए । 

मित्रराष्ट्र भारतबाट २१ तारिखसम्म आवश्यक सहयोग आउने उनले जानकारी दिए । “गोताखोरलगायत यहाँ नभएका उपकरण सहयोग गर्ने विषयमा भारत सरकारसँग समझदारी भइसकेको छ । त्यहाँबाट २१ तारिखसम्म सहयोग आइपुग्ने प्रतिवद्धता जनाइएको छ”, संयोजक रिजालले भने । बसमा करिब ६५ जना सवार रहेको भनिएको भए पनि वास्तविक सङ्ख्या अझै आउन नसकेको र खोजीका लागि कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । 

सुझाव सङ्कलनमा कार्यदलका सदस्यहरु नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि पुण्यप्रसाद सिटौला, विपद प्राधिकरणका उपसचिव सन्ध्या सिग्देलसहितको टोली चितवन आएको हो । 

टोलीले सुझाव सङ्कलनअघि घटनास्थलको निरीक्षण अनुगमन तथा स्थानीय र अस्पतालमा उपचाररत घाइतेसँग समेत घटनाको बारेमा बुझिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । सुझाव सङ्कलनअघि प्रमुख जिल्ला अधिकारी यादवले घटनापछि भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । 

गत असार २८ गते वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये १८ जनाको शव फेला परेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending