धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन् ।
उन्मुक्तिका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षका दुई जना दलका नेतालाई हटाएर खुसीराम डगौरा थारुलाई दलको नेता बनाइएको छ ।
शनिबार भएको निर्णय सोमबार सार्वजनिक भए अनुसार रञ्जिता पक्षका कैलाश र रेशम पक्षका घनश्याम चौधरीलाई हटाएर खुसीरामलाई दलको नेता बनाइएको हो ।
खुसीराम रेशम पक्षको प्रमुख सचेतक थिए । बैठकले उपनेतामा अध्यक्ष रञ्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको प्रमुख सचेतक थापाले पुष्टि गरे । उपनेता कैलाश र प्रमुख सचेतक थापा अहिले नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको प्रदेश सरकार मन्त्री समेत छन् ।
सात सदस्यीय संसदीय दलको बैठकमा लक्ष्मणकिशोर चौधरी, खुसिराम, कैलाश चौधरी र टीका थापा गरेर चार जना सहभागी थिए । बैठकमा घनश्याम, रामेश्वर चौधरी र इन्दिरा गिरी भने उपस्थित थिएनन् ।
प्रदेश सभा सदस्य गिरीले आफूलाई बैठक बारे जानकारी नदिइएको बताए । उनले भने, ‘खुसीरामजीले दलको नेता छानिए भनेर जानकारी गराउनु भएको थियो, म काठमाडौंमा छु धनगढी गएपछि उनलाई मान्ने कि नमान्ने बारे छलफल गर्छु ।’
यसअघि संरक्षक रेशमलाल चौधरीलाई साथ दिइरहेका लक्ष्मणकिशोर र खुसिराम डगौरा थारु घनश्यामलाई दलको नेताबाट हटाउन तयार भएपछि दलको नेता परिवर्तन गर्न सहज भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...
पौष ७ गते, २०८२ - १७:३६
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...




प्रतिकृया लेख्नुहोस्: