Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

रुकुमपश्चिममा बाढीले ४२ घरपरिवार विस्थापित

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका ४२ घर परिवार विस्थापित भएका छन् । बाढीको कारण यहाँका ४२ परिवार विस्थापित भएका हुन् । 

स्थानीय गिजागार खोलाको कारण वडा नम्बर १२ को झिन्चौरका २२ घरपरिवार र वडा नम्वर ११ को सिमबजारका २० घरपरिवार विस्थापित भएका हुन् । झिन्चौर र सिमबजार करिब ६० घर बाढी पहिरोको उच्च जोखिममा छन् । 

झिन्चौरका विस्थापित घरपरिवारलाई स्थानीय कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रा.लि.को परिसरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । सिमबजारका विस्थापितहरु राडि बजार र गोईरीमा बसेका छन् । उनीहरुको आफन्तको घरमा सरेको बताइएको छ । 

यसैबिच नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिम शाखाले घटनास्थलमै पुगेर बाढी पीडितहरुलाई राहत उपलब्ध गराएको छ । रेडक्रसका जिल्ला सभापति रमा गौतमका अनुसार २१ घर परिवारलाई तत्काल आवश्यक पर्ने राहत सामग्रीहरु उपलब्ध गराइएको हो । 

९२ वटा म्याट, २१ थान त्रिपाल, ५० थान डोरी, २१ थान डिग्निटी किडका सामग्रीहरु बाढी पीडित परिवारलाई उपलब्ध गराइएको सभापति गौतमले जानकारी दिए । बाढी प्रभावित परिवारलाई राहत वितरणका साथै रेडक्रसको टोलीले उद्धारको कार्यमा समेत सहयोग गरेको छ । बाढीले घर क्षति गरेपछि घरभित्रका सामग्रीहरुको व्यवस्थापन, परिवारलाई सुरक्षित स्थानमा सार्न रेडक्रसका स्वयमसेवकहरु परिचालन गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending