Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

रुपन्देहीमा विकास बजेट ३६ प्रतिशत मात्रै खर्च

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीमा चालू आर्थिक वर्षको असार २७ गते सम्म पुजिगत बजेटको ३६ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको छ । 

विकास बजेटको रुपमा रहेको पूर्वाधारको आवश्यकता पुरा गर्ने बजेट पुजिगत खर्च नहुनु भनेकै विकास नहुनु हो । हरेक वर्ष पुँजीगत खर्च हुने कै कुरा उठान भए पनि ती घोषणाको रुपमा मात्रै हुने गरेको छ । अझै पनि अन्तिम समयमा आएर बजेट खर्च गर्ने परिपाटी अन्तय भएको छैन । दोस्रो त्रैमासिकमा ५ प्रतिशत मात्रै भएको बजेट खर्च अन्तिम समयमा आएर अन्तत ३६ मात्रै खर्चिएको छ । 

विगत केही वर्ष अगाडि सामानान्तर रुपमा बजेट खर्च भएपनि यो क्रम विस्तारै हट्दै गएको छ । सरकारले यसैलाई मध्यनजर गर्दै संविधानमै जेठमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यत्मक व्यवस्था गरेको थियो । तर काम गर्ने परिपाटी उस्तै भएपछि पुजिगत खर्च बढ्न सकेको छैन । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीका अनुसार चालू आर्थिक वर्षको कुल बजेट २५ अर्ब ४३ करोड ७२ लाख १८ हजार ११ रुपैया बजेट कायम गरेकोमा कुल बजेटको ७४ दशमलव ५९ प्रतिशत अर्थात १८ अर्ब ९७ करोड ३० लाख ५१ हजार ७५२ मात्रै खर्चेको छ । खर्च बढेपनि पुजिगत तर्फ भने सन्तोषजनक बजेट खर्च भएको छैन । कुल बजेटको एक तिहाई पनि नआएको पुजिगत तर्फको बजेट ३६ प्रतिशतमात्रै खर्च भएको छ । 

रुपन्देहीका लागि यस आर्थिक वर्षमा चालूतर्फ  १७ अर्ब ७६ करोड ८५ लाख ०८ हजार ४ सय २६ मध्ये १६ अर्ब १७ करोड १२ लाख ९५ हजार २ सय २५ रुपैयाँ अर्थात ९१ दशमलव ०१ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ  अख्तियारी आएको कुल वजेट ७ अर्ब ६६ करोड ८७ लाख ९ हजार ५ सय ८५ मध्ये असार २७ सम्म २ अर्ब ८० करोड १७ लाख ५७ हजार ५ सय २७ अर्थात् ३६ दशमलव ५३ प्रतिशत रकम खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख कोष नियन्त्रक मन्जु कुमारी जैसी ढकालले जानकारी दिइन । 

आर्थिक बर्ष २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । आर्थिक बर्ष २०७९/०८०मा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैँया बिनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको थियो । जस्मा पूँजीगत खर्च ७१ प्रतिशत रहेको थियो । चालू आवमा जिल्लाकोे कुल बजेटको ६९ दशमलव ८५ प्रतिशत चालु तर्फ र ३० दशमलव १५ प्रतिशत पुजिगत तर्फ बजेट कायम भएकोमा चालु तर्फ ९१ र पुजिगत तर्फ ३६ प्रतिशतमा खर्च भएको छ । तलब भत्तामा अधिकांस खर्च गर्न सकेका कर्मचारीले विकास बजेट तर्फ न्यून खर्च गरेको छ । जिल्लाका ९० वटा कार्यालयले मात्रै ती विकास बजेट खर्च गरेका छन ।

विगतको तुलनामा अहिले पुजिगत खर्चको तथ्याङक राम्रो छ, रुपन्देहीको सबै भन्दा बढि बजेट बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना बुटवलको रहेकोमा यो वर्ष त्यो बजेट खर्च हुन नसकेको पाइएको छ । ३ अर्ब २५ करोड बजेट कायम भएकोमा ८४ लाख ९० हजार मात्रै खर्च भएको छ । यसले बजेट खर्च प्रतिशतमा कम देखिएको हो । यो योजनालाई मात्रै हटाएर हेर्दा करिब ६३ दशमलव २४ प्रतिशत पुजिगत खर्च भएको कोलेनिका कार्यालय रुपन्देहीका प्रमुख ढकालले बताइन ।

कार्यालयका अनुसार पुजीगत तर्फ सबै भन्दा बढि बजेट बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना बुटवलको ३ अर्ब २५ करोड बजेट कायम भएकोमा शुन्य दशमलव २६ प्रतिशत अर्थात ८४ लाख ९० हजार मात्रै खर्च भएको छ जस्मध्ये असारमा मात्रै ६३ लाख खर्चेको छ । यस्तै संघीय आयोजना कार्यान्वयन इकाईले १ अर्ब ३४ करोड अख्तियारी पाएकोमा ५० प्रतिशत खर्च गरेको छ । सडक डिभिजन कार्यालय बुटवलले ७२ करोडको अख्तियारी पाएकोमा ५६ करोड ९७ लाख अर्थात ७८ दशमलव २२ प्रतिशत मात्रै खर्चेएको छ । यस्तै ४३ करोड ७८ लाख ९५ हजार अख्तियारी पाएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलले ६१ दशमलव ७७ प्रतिशत र जनताको तटबन्ध कार्यक्रमले ३० करोड २४ लाख अख्तियारी पाएकोमा ४२ दशमलव ५८ प्रतिशत खर्चेको छ । 

१६ पालिका रहेको रुपन्देहीमा संघ मार्फत पुजिगत तर्फ ६ पालिकाले पुजिगत तर्फ अख्तियारी पाएका थिए । तिलोत्तमाले ४० करोड मध्ये २२ करोड, लुम्बिनी सास्कृतिकले ४६ लाख मध्ये ४४ लाख, सिद्धार्थनगरले ३० लाख मध्ये १० लाख, सैनामैनाले २ करोड ३१ लाख मध्ये २ लाख २२ करोड, गैडहवाले १० करोड ५१ लाख मध्ये १० करोड ४९ लाख र मायादेवीले २ करोड २३ लाख मध्ये ३ करोड १९ लाख खर्चेको छ । चालु तर्फ भने सबै पालिकाले अधिकांस रकम खर्चेका छन् । 

सरकारले पुँजीगत खर्चलाई जब सम्म यथोचित ढंगले कार्यान्वयन गर्न सक्दैन, तबसम्म जतिसुकै अन्य कुरामा सुधार गरे पनि देशको विकास हुन सक्दैन । पुँजीगत खर्चका लागि भएका मौज्दात ऐन, नियम, कानुन पनि बाधक छन, सरकारले गम्भीर भएर इमान्दारी पूर्वक लागे पुँजीगत खर्च ठीक समयमा ठीक ढंगले हुनेछ । जनता र सत्ता विपक्षीहरुले सचेत हुदै खर्चको नियमन र निगरानी गर्नु पर्छ । पुँजीगत खर्च गर्न सके अहिले भएको तरलता अभावमा पनि केही सहयोग पुग्छ भने अर्थतन्त्र चलायमान पनि हुन्छ । खर्च नहुँदा पैसाको चल्तीफिर्ती रोकिने, मजदुरहरुको रोजगारीमा संकुचन हुने र बजारमा तरलता अभाव हुने गरेको छ । 

चालु बजेट खर्च हुने पूजीगत खर्च नहुनु भनेकै कर्मचारीहरुले काम नगरिदिदा पूर्वाधार तथा आयोजनाको काम सूस्त हुनु हो । खर्च गर्न नसक्ने निकाय तथा व्यक्तिलाई दण्ड गर्न सक्नुपर्ने व्यवस्था पनि हुनु पर्छ । समानान्तर रुपमा बजेट खर्च नहुदा यस्को असर अन्तिममा पर्छ । अन्तिम समयमा आएर गरेको विकास निर्माणले गुण्स्तरीयतामा पनि प्रश्न उठ्छ । प्रतिशतमा मात्रै देखिने त्यो खर्च हतारहतारमा खर्च भएको हुन्छ, कति पय फ्रिज हुन्छ भने कति पय त कागजमै मात्र खर्च हुने गरेको पाइन्छ । सरकारले विकासलाई प्राथमिकता र समयमा गर्नका लागि बजेट निकासा चाढै गर्न लागेको छ । 

राजश्व १ अर्ब ३६ करोड बढि

रुपन्देहीमा भने गत बर्षको तुलनामा राजस्व असुली केही बढेको छ । आयात निर्यात प्रभावित हुँदा रुपन्देहीमा गत बर्ष केही कम आम्दानी भएको थियो । जिल्लाको सबै भन्दा ठूलो आम्दानीको श्रोत भैरहवा भन्सार कार्यालय नै रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ को असार २७ सम्म रुपन्देहीबाट १ खर्ब ३ अर्ब ५८ करोड ४५ लाख ३४ हजार ६ सय ७८ रुपैया ९४ पैसा राजस्व आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैया ६३ पैसा राजस्व आम्दानी भएको थियो । यस आर्थिक वर्षको अझै ४ दिन बाँकी हुदा समेत १ अर्ब  ३६ करोड बढि राजश्व उठेको छ । 

रुपन्देहीमा अहिले पनि सबै भन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले नै असुल गरेको छ । भन्सारले ७९ अर्ब ९९ करोड ८० लाख ८७ हजार ९ सय ३९ रुपैयाँ । यस्तै आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३१ करोड ३८ लाख र आन्तरिक राजस्व कार्यालय भैरहवाले १० अर्ब २१ करोड ७१ लाख राजश्व आम्दानी गरेको छ ।

केन्द्रको अवस्था 

सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ कूल बजेट विनियोजन गरिएको थियो । हालसम्म कूल बजेटको ७७.४४ प्रतिशतमात्रै बजेट खर्च भएको छ । असार २५ गतेसम्ममा कूल बजेटको १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्ले छ । 

जसमध्ये आर्थिक वर्ष सकिँदै गर्दा (असार २५ गतेसम्म) ८१.७९ प्रतिशत चालू खर्च गरेको छ भने जम्मा ५७ प्रतिशत मात्रै पुँजीगत खर्च (विकास खर्च) गरेको छ । चालू वर्ष सरकारले ३ खर्ब २ अर्ब ७ करोड ७४ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको थियो । तर पुँजीगत खर्च लक्ष्यको १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ अर्थात् ५६.९७ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु खर्च भने यस वर्ष ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख  रुपैयाँ चालु खर्चको लक्ष्य राखेको थियो । सो लक्ष्यको ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ अर्थात् ८१.७९ प्रतिशत चालु प्रकृतिको खर्च भइसकेको छ । 

वित्तीय व्यवस्थातर्फ समेत २५ असारसम्म लक्ष्यको ८१.४ प्रतिशत खर्च भइसकेको छ । यस वर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँको लक्ष्य राखेको छ, जसमध्ये मंगलबार बिहानसम्म २ खर्ब ५० अर्ब  २६ करोड ७६ लाख रुपैयाँ खर्च गरिसकेको छ । 

सरकारले २५ दिनमा साढे १३ खर्ब बजेट खर्च गरेको छ । असार १ गतेदेखि २५ गतेसम्ममा १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । अहिले सरकारी खाता बन्द भइसकेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नु पर्छ । 

नियमावली अनुसार अबको एक सातामा सरकारले आफूसँग बिल आइसकेको मात्र थप भुक्तानी गर्नेछ । यसबाहेक अत्यावश्यक भुक्तानीको बाटो भने खुला नै छ । 

पछिल्लो ५ वर्षमा बजेट खर्च गर्ने हम्मे

सरकारले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने गरेको छ । तर सो बजेट शत प्रतिशत खर्च भने हुन नसकेको तथ्यांकले देखाउँछ । पछिल्लो ५ वर्षमा सरकारले ल्याएका बजेट ८० प्रतिशत पनि खर्च गर्न भने हम्मे देखिएको छ । आर्थिक वर्ष ०७७/०७८ देखि चालू वर्ष सम्म बजेट खर्च कटाउन सरकारलाई हम्मे परेको छ । 

गत आर्थिक वर्ष २०७९/०८० मा सरकारको कूल बजेटको ७९.६९ प्रतिशत बजेट खर्च भएको थियो । गत आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ कूल बजेट छुट्याएकोमध्ये असार अन्तिमसम्ममा १४ अर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ सरकारले खर्च गरेको उल्लेख छ । 

यस्तै सो वर्ष चालू खर्च ८५ प्रतिशत पुँजीगत खर्च ६१.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फको खर्च ८२.५८ प्रतिशत भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

आर्थिक वर्ष २०७८/०७९ मा ७९.७ प्रतिशत बजेट खर्च भएको छ । सो वर्ष १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको कूल बजेट विनियोजन गरिएको थियो भने १३ खर्ब १ अर्ब४२ करोड ५४ लाख रुपैयाँ बजेट खर्च भएको थियो । जसमध्ये चालू तर्फ ९०.७६ प्रतिशत पुँजीगततर्फ ५७.१८ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ६२.५ प्रतिशत बजेट खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ८०.०८ प्रतिशत कूल बजेट खर्च भएको थियो । सो वर्ष १४ खर्ब ७४अर्ब ६४ करोड ५४ लाख रुपैयाँको कूल बजेट विनियोजन गरिएको थियो । सो वर्ष ११ खर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ बजेट खर्च भएको तथ्यांकमा उल्लेख छ । जसमध्येबाट चालू खर्चतर्फ ८९.७५ प्रतिशत, पुँजीगत खर्च ६४.६९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ५८.४४ प्रतिशत बजेट खर्च भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending