काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले हिमाली क्षेत्रको पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न आफूले सबै खालका प्रयास गर्ने बताएका छन् ।
सोमवार मन्त्रालयमा पद बहाल गर्ने क्रममा जलवायु परिवर्तनको असर नेपाललाई नखाएको विष लागे झैँ भएको बताउँदै मन्त्री ठकुरीले भने, ‘‘यसका लागि विगतका भए, गरेका प्रयासमा टेकेर नयाँ ढङ्गले नेपालले गर्नुपर्ने काममा कुनै कसर बाँकी राखिने छैन ।’’
उनले मन्त्रालयको हाताभित्र रहेको बगैँचामा रुद्राक्षको बोट रोपेर आफ्नो कार्यकालको सुरुवात गरे । उनले भने, पदबहाल भनेकै सिर्जनात्मक र सकारात्मक कामबाट सुरु गरिने परम्परा छ । त्यसैले वन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण गरेर कामको थालनी गरेको छु ।
उनले पद बहाल गर्ने क्रममा जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, द्विपक्षीय तथा बहुपक्षीय वार्ता, सम्झौता तथा समन्वय गर्न एउटा स्थायी संरचना निर्माण गरिने निर्णयमा हस्ताक्षर गरे ।
सो संरचनामा वन तथा वातावरण मन्त्रालयका सचिवको संयोजकत्वमा जलवायु परिवर्तनसँग सरोकार राख्ने वन, वातावरण मन्त्रालयका सहित अन्य मन्त्रालयका उच्च अधिकारी, विषयविज्ञ सहितलाई समेटिने भएको छ । जसले गर्दा जलवायु कोषको रकम नेपाल भित्र्याउन, नेपालको हिमालको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने अपेक्षा राखिएको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले नियम, कानुनले मिल्ने बाहेकका काममा ध्यान नदिन पनि उहाँले कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘‘कानुनले नमिल्ने कुरामा मैले दबाब दिने छैन । कानुनले मिल्ने कुरामा कर्मचारीहरूले आनाकानी गर्न पाइँदैन ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: