Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गोरखा नगरपालिकाको बजेट पारित

खबरडबली संवाददाता

गाेरखा । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बजेट पारित भएको छ । नगर सभाको १४ औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान बजेट सर्वसम्मत पारित गरेको हो । 

१४ औँ नगर सभाका सभाध्यक्ष एवम् नगर प्रमुख कृष्ण बहादुर राना मगरले बजेट स्वीकृतका लागि सभामा पेस गरेका थिए । गोरखा नगरपालिकाले आगामी वर्षका लागि ९८ करोड ४६ लाख ६ हजार बराबरको बजेट ल्याएको हो । जसमा आन्तरिक आयतर्फ ६ करोड ७६ लाख सङ्लन गर्ने लक्ष्य नगरपालिकाको छ । 

त्यसैगरी दोस्रो बैठकले आर्थिक ऐन २०८१, विनियोजन विधेयक २०८१ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०८१-०८२ को प्रस्तावित योजना, कार्यक्रमको बजेट स्वीकृत गरेको हो । 

गोरखा नगरपालिका भित्रका पर्यटनलाई विशेष महत्त्व दिँदै २०८१ लाई पर्यटन वर्ष मनाउने निर्णय समेत गरेको छ । लेखा समितिले पेस गरेको प्रतिवेदन स्वीकृत गरिनुका साथै बेरुजु कम गर्न आर्थिक समितिका संयोजक सित्तलकाजी मास्केले सुझाव दिए । 

गोरखा नगरकार्यपालिकाको कार्यालय अन्तर्गतका वडा कार्यालयबाट पेस भए बमोजिमको आर्थिक वर्ष २०८१-०८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् । गोरखा नगरपालिका र वडा कार्यालय अन्तर्गत रहेका करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धी एजेन्डा पनि सभाले स्वीकृत गरेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिए । 

उनका अनुसार गोरखा नगरपालिकामा सबैभन्दा धेरै बजेट पर्यटन तथा संस्कृति प्रवर्द्धन गर्नका लागि सभामा पेस भएर स्वीकृत भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending