म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए ।
“२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उनको भनाइ छ ।
शिव र उनका दाजु कृष्णबहादुरले सञ्चालन गरेको कृषि फार्ममा दूध उत्पादनका साथै च्याउ, सुन्तला र कागती खेती छ । विदेशको जागिर र सदरमुकाम बेनीको व्यवसाय छाडेर गाउँ फर्केका खड्का दाजुभाइले बाँझो पाखोबारीमा चार सय बोट सुन्तला र एक सय बोट कागती लगाएका छन् ।
गाईभैँसीको दूधबाट आम्दानी गरिरहेका उनिहरूले मल र गहुँत सदुपयोग गरी खर्च बचाएका छन् । पानी मिसाएर पाइपबाट बिरुवाको फेदमा सिँचाई गर्दा गहुँतले आवश्यक पौष्टिकतत्त्व आपूर्ति भई छिटो हुर्किएको र रोगकीराको समस्या नदेखिएको उनीहरुको अनुभव छ ।
“सुन्तला बगैँचाको खाली ठाउँमा लगाइएको सुडान, मकैचरी, सुपर नेपिएर, नेपिएर जातका घाँस छिटो हुर्किएको छ,” उनले भने, “सुन्तला, घाँस, च्याउखेती र गाईभैँसीपालनका लागि गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ ।”
परियोजनाले कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रममार्फत फार्मको क्षमता विकास गरी सुधारिएको गोठ निर्माण गर्न चालु आर्थिक वर्षमा रु चार लाख, अन्नपूर्ण गाउँपालिकाले च्याउ खेतीका लागि प्लास्टिक घर बनाउन अनुदान र निःशुल्क घाँसको बीउ उपलब्ध गराएको छ । खड्का दाजुभाइले सुन्तला खेतीमा गरेको गहुँतको प्रयोग नयाँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।
“गहुँतमा गोबर मलको तुलनामा नाइट्रोजन, फस्फोरसलगायत तत्त्व बढी पाइने भएकाले सदुपयोग गर्न सकेमा राम्रो लाभ लिन सकिन्छ,” उनले भने, “सिधैँ प्रयोग गर्दा बिरुवा हस्किएर क्षति हुन सक्छ । पानीमा मिसाएर ठिक्क मात्रामा प्रयोग गर्दा राम्रो हुन्छ ।”
दैनिक एक सय ४० लिटर दूध उत्पादन हुने फार्ममा खड्का परिवारका छ सदस्य स्वरोजगार बन्नुका साथै थप दुईले रोजगार पाएका छन् । बिरौटाका अन्य किसानले उत्पादन गरेको दूध बजारीकरण गर्न खड्का दाजुभाइले गाउँपालिकाको केन्द्र पोखरेबगरमा डेरी सञ्चान गरेका छन् ।
पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङका साथै बेनी बजारमा दूध बिक्री हुने गरेको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णको घराम्दी, राम्चे, नागी, खिवाङलगायत ठाउँका किसानले गाईभैँसीको गहुँतको सदुपयोग गरेको जानकारी दिए । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: