Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गर्दै

खबरडबली संवाददाता

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । 

“२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उनको भनाइ छ । 

शिव र उनका दाजु कृष्णबहादुरले सञ्चालन गरेको कृषि फार्ममा दूध उत्पादनका साथै च्याउ, सुन्तला र कागती खेती छ । विदेशको जागिर र सदरमुकाम बेनीको व्यवसाय छाडेर गाउँ फर्केका खड्का दाजुभाइले बाँझो पाखोबारीमा चार सय बोट सुन्तला र एक सय बोट कागती लगाएका छन् । 

गाईभैँसीको दूधबाट आम्दानी गरिरहेका उनिहरूले मल र गहुँत सदुपयोग गरी खर्च बचाएका छन् । पानी मिसाएर पाइपबाट बिरुवाको फेदमा सिँचाई गर्दा गहुँतले आवश्यक पौष्टिकतत्त्व आपूर्ति भई छिटो हुर्किएको र रोगकीराको समस्या नदेखिएको उनीहरुको अनुभव छ ।

“सुन्तला बगैँचाको खाली ठाउँमा लगाइएको सुडान, मकैचरी, सुपर नेपिएर, नेपिएर जातका घाँस छिटो हुर्किएको छ,” उनले भने, “सुन्तला, घाँस, च्याउखेती र गाईभैँसीपालनका लागि गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ ।”

परियोजनाले कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रममार्फत फार्मको क्षमता विकास गरी सुधारिएको गोठ निर्माण गर्न चालु आर्थिक वर्षमा रु चार लाख, अन्नपूर्ण गाउँपालिकाले च्याउ खेतीका लागि प्लास्टिक घर बनाउन अनुदान र निःशुल्क घाँसको बीउ उपलब्ध गराएको छ । खड्का दाजुभाइले सुन्तला खेतीमा गरेको गहुँतको प्रयोग नयाँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । 

“गहुँतमा गोबर मलको तुलनामा नाइट्रोजन, फस्फोरसलगायत तत्त्व बढी पाइने भएकाले सदुपयोग गर्न सकेमा राम्रो लाभ लिन सकिन्छ,” उनले भने, “सिधैँ प्रयोग गर्दा बिरुवा हस्किएर क्षति हुन सक्छ । पानीमा मिसाएर ठिक्क मात्रामा प्रयोग गर्दा राम्रो हुन्छ ।”

दैनिक एक सय ४० लिटर दूध उत्पादन हुने फार्ममा खड्का परिवारका छ सदस्य स्वरोजगार बन्नुका साथै थप दुईले रोजगार पाएका छन् । बिरौटाका अन्य किसानले उत्पादन गरेको दूध बजारीकरण गर्न खड्का दाजुभाइले गाउँपालिकाको केन्द्र पोखरेबगरमा डेरी सञ्चान गरेका छन् । 

पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङका साथै बेनी बजारमा दूध बिक्री हुने गरेको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णको घराम्दी, राम्चे, नागी, खिवाङलगायत ठाउँका किसानले गाईभैँसीको गहुँतको सदुपयोग गरेको जानकारी दिए । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending