काठमाडौं । मानव सेवा फाउन्डेसन नेपालले आइतबार काठमाडौंमा बृहत साइकल र्याली गरेको छ । ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा फाउन्डेसनले र्यालीको आयोजना गरेको हो ।
र्याली पशुपति क्षेत्रबाट सुरु भइ चक्रपथ परिक्रमा गरेको थियो । करिब २७ किलोमिटरको उक्त र्यालीमा प्रतिनिधीसभा सदस्य शेर बहादुर कुँवरको पनि उपस्थिति रहेको थियो भने गायक कमल खत्री तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागिता थियो ।
र्यालीमा ३०० बढी साइकल यात्रीहरुले सहभागीता जनाएका थिए । पशुपतिमा भेला भएर चाबहिल हुँदै चक्रपथ परिक्रमा गरि कलंकी, कोटेश्वर, एयर्पोट हुँदै पशुपतिमै पुगेर र्याली सम्पन्न भएको थियो ।
महायज्ञ उपसमितिका संयोजक लेखराज ढकालका अनुसार इतिहासमै पहिलो पटक हुँदै गरेको ऐतिहासिक कोटिहोममा काठमाडौँबासिलाई निमन्त्रणा दिनका लागि साइकल र्याली गरिएको हो । मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा कोटिहोम महायज्ञ आयोजना हुँदैछ ।
‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुँदैछ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना हुन गइरहेको हो ।
कोटिहोमकै अवसरमा भोली ३१ गते विशाल शोभा कलश यात्रा हुँदैछ । कलश यात्राका लागि देश तथा विदेशबाट समेत हजारौँ हिन्दू धमाबलम्बिहरु उपत्यका आइसकेको र आउने क्रम अझै रहेको महायज्ञ उपसमितिका संयोजक ढकालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...




प्रतिकृया लेख्नुहोस्: