Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पहिरोले ३० घर विस्थापित, २६ घर जोखिममा

खबरडबली संवाददाता

पोखरा । पोखरा महानगरपालिका –२५, हेम्जाको झिझिर्का फलामेखेमा आएको पहिरोले ५ घर विस्थापित भएका छन् । २६ घर पहिरोको उच्च जोखिममा छ । अविरल वर्षाका कारण निरन्तर गएको पहिरोले झण्डै ५० रोपनी जग्गा पुरिसकेको छ ।

गण्डकी प्रदेशसभाका सदस्य गणेशमान गुरुङका अनुसार पहिरोले झण्डै चारसय रोपनी खेतमा असर गरेको छ । उनका अनुसार स्थानीय एकदत्त अधिकारी, छविलाल अधिकारी, कपिलप्रसाद अधिकारी, वासुदेव अधिकारी, शिवदत्त अधिकारीको घर परिवार विस्थापित भएको छ । 

समयमै पहिरो नियन्त्रण गर्न सकिएन भने पोखरामा आउने मर्दीखोलाको पानी बन्द हुने सम्भावना छ । सो पहिरो मुहाननजिक भएकाले अहिले गेग्रान थुपारेको छ । अहिले पोखरेलीले धमिलो पानी खान बाध्य छन् । मुहान बगायो भने त्यही पानी नपाउने अवस्था आउनसक्ने कांग्रेस नेता मनोज गुरुङले बताए । समयमा सम्बन्धित निकायबाट आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ छ । 

कमेरो र बलौटेसहितको माटो भएकाले वातावरण तथा भूगर्भविद्को टोलीले अनुगमन गरी रोकथामको उपाय गर्नुपर्ने सांसद गुरुङले बताए । स्थानीय ऋषि गौतमले विगत चार–पाँच वर्षअघि पनि पहिरोमा एक जनाको मृत्यु भएको छ । तत्कालका लागि पोखरा महानगरपालिकाले २५ वटा तारजालीको व्यवस्था गरे पनि जाली भर्न नसकिएको उनको भनाइ छ । 

यता, पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले पहिरो नियन्त्रणका लागि महानगर मात्र नभइ सबै पक्ष मिलेर दीर्घकालीन योजनाअनुरुप अगाडि बढ्नुपर्ने बताए । हेम्जादेखि बेलबोट, धिताल, धम्पुस हुँदै निर्माण गरिएको सडकबाट बर्खाको समय पानी एकीकृत भएर उक्त स्थानमा आउँदा असर परेको स्थानीयको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending