म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजनामार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो ।
योजना पूर्णरुपमा सम्पन्न नभए पनि अहिलेसम्म एक सय ८० घरधुरीमा पानी चलेको छ खबरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम कुँबरले भने, ‘‘वर्षौदेखि खबराको वस्तीमा खानोपनीको चरम समस्या थियो । चार वर्ष अघिदेखि सञ्चालन गरिएको योजनामार्फत अहिले घरघरमा जडान गरिएका धारामार्फत पानी खसेपछि समस्याबाट मुक्ति पाएका छौं ।’’
खबरामा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकारको बजेटलाई बेनी नगरपालिकाले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । चालु आर्थिक वर्षसम्म आइपुग्दा तीनवटा ठेक्कामार्फत योजना निर्माण भएको छ । अहिलेसम्म एक करोड ३१ लाख ७२ हजार चार सय ४३ रुपियाँ खर्च भइसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।
खबरा गाउँदेखि माथि मुलछरीको पानीको मुहानबाट पानी ल्याएर खबराका करिब दुई सय पचास घरधुरीमा निजी धारामार्फत पानी वितरण गर्ने योजना अनुसार अहिलेसम्म ५० हजार क्षमताका दुई वटा रिर्जभ ट्याङ्की, ३५ वटा वितरण च्याम्बर र ५ वटा डिसीलाइन निर्माण गरिएको बेनी नगरपालिकाका सब इन्जिनियर कमल थापामगरले जानकारी दिए ।
उनका अनुसार योजना सम्पन्न गर्न तीन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ का लागि भ्याटसहित ८७ लाख ९९ हजार दुई सय ७७ रुपियाँ लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार एकसय ६५ रुपियाँमा खुसीहोम विल्डर्ससँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो वर्ष इन्टेक निर्माण, पचास घन मिटरको आरसीसी ट्याङ्की, घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीन वटा ब्रेक प्रेसर च्याम्बर, मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको सब इन्जिनियर थापामगरले बताए । दोस्रो वर्ष २०७९/०८० मा भ्याटसहित ५४ लाख ३७ हजार ६ सय २२ रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजिवी निर्माण सेवा सँग ४२ लाख २७ हजार सातसय २९ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । योजना मार्फत पचास घनमिटरको आरसीसी ट्याङकी, ६० वटा निजी धारा र घरघरमा जाने पाइपलाइन निर्माण गरिएको उनले जानकारी दिए ।
यसैगरी, चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार नौ सय ६३ रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार पाँससय ४९ रुपियाँमा बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । योजनामा एक सय २० वटा धारा निर्माण र फिटिङ सहित पाँचसय मिटर पाइपलाइन निर्माण भएको सब इन्जिनियर थापामगरले जानकारी दिए ।
पाइपलाइन, डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारले लापरबाही गरेकाले योजना गुणस्तरीय नभएको उपभोक्ता समितिका अध्यक्ष कुँबरले गुनासो व्यक्त गरे । ठेकेदारको लापरबाही, प्राविधिकबाट नियमित अनुगमन नहुनु र कमशल सामग्रीको प्रयोगका कारण योजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: