Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

एक सय ८० घरधुरीमा खानेपानीको धारा

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजनामार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो । 

योजना पूर्णरुपमा सम्पन्न नभए पनि अहिलेसम्म एक सय ८० घरधुरीमा पानी चलेको छ खबरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम कुँबरले भने, ‘‘वर्षौदेखि खबराको वस्तीमा खानोपनीको चरम समस्या थियो । चार वर्ष अघिदेखि सञ्चालन गरिएको योजनामार्फत अहिले घरघरमा जडान गरिएका धारामार्फत पानी खसेपछि समस्याबाट मुक्ति पाएका छौं ।’’

खबरामा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकारको बजेटलाई बेनी नगरपालिकाले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । चालु आर्थिक वर्षसम्म आइपुग्दा तीनवटा ठेक्कामार्फत योजना निर्माण भएको छ । अहिलेसम्म एक करोड ३१ लाख ७२ हजार चार सय ४३ रुपियाँ खर्च भइसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । 

खबरा गाउँदेखि माथि मुलछरीको पानीको मुहानबाट पानी ल्याएर खबराका करिब दुई सय पचास घरधुरीमा निजी धारामार्फत पानी वितरण गर्ने योजना अनुसार अहिलेसम्म ५० हजार क्षमताका दुई वटा रिर्जभ ट्याङ्की, ३५ वटा वितरण च्याम्बर र ५ वटा डिसीलाइन निर्माण गरिएको बेनी नगरपालिकाका सब इन्जिनियर कमल थापामगरले जानकारी दिए । 

उनका अनुसार योजना सम्पन्न गर्न तीन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ का लागि भ्याटसहित ८७ लाख ९९ हजार दुई सय ७७ रुपियाँ लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार एकसय ६५ रुपियाँमा खुसीहोम विल्डर्ससँग  ठेक्का सम्झौता भएको थियो । 

पहिलो वर्ष इन्टेक निर्माण, पचास घन मिटरको आरसीसी ट्याङ्की, घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीन वटा ब्रेक प्रेसर च्याम्बर, मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको सब इन्जिनियर थापामगरले बताए । दोस्रो वर्ष २०७९/०८० मा भ्याटसहित ५४ लाख ३७ हजार ६ सय २२ रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजिवी निर्माण सेवा सँग ४२ लाख २७ हजार सातसय २९ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । योजना मार्फत पचास घनमिटरको आरसीसी ट्याङकी, ६० वटा निजी धारा र घरघरमा जाने पाइपलाइन निर्माण गरिएको उनले जानकारी दिए । 

यसैगरी, चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार नौ सय ६३ रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार पाँससय ४९ रुपियाँमा बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । योजनामा एक सय २० वटा धारा निर्माण र  फिटिङ सहित पाँचसय मिटर पाइपलाइन निर्माण भएको सब इन्जिनियर थापामगरले जानकारी दिए । 

पाइपलाइन, डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारले लापरबाही गरेकाले योजना गुणस्तरीय नभएको उपभोक्ता समितिका अध्यक्ष कुँबरले गुनासो व्यक्त गरे । ठेकेदारको लापरबाही, प्राविधिकबाट नियमित अनुगमन नहुनु र कमशल सामग्रीको प्रयोगका कारण योजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending