म्याग्दी । जिल्लाको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
रु तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । “सवारीसाधन वारपार गर्न थालेको पुलको पहुँचमार्गलाई अन्तिमरूप दिनेबाहेक सबै काम सकिएको छ”, उनले भने, “२०८१ चैत २६ गतेसम्म म्याद रहेको पुलको ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।”
सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेको, कार्यालयबाट नियमित अनुगमन, सहजीकरण, जनप्रतिनिधि र उपभोक्ताको सहयोगले लक्ष्यअघि नै पुल निर्माण गर्न सम्भव भएको निर्माण कम्पनीका प्रतिनिधिले बताए । बेनी नगरपालिका–४ का राजु गुरुङले निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बद्ध कार्यालय, जनप्रतिनिधि र समुदायले काम गर्ने वातावरण बनाउन सकेमा विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश अर्जेखोलाको मोटरेबल पुल निर्माण योजनाले दिएको बताए ।
चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख विनियोजन भएको अर्जेखोला पुलका लागि आर्थिक वर्षको भुक्तानी हुने अन्तिम समयसम्म रकमान्तर गरेर थप बजेट व्यवस्था गर्न पहल गरे पनि सफल नहुँदा निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले बताए ।
आगामी आर्थिक वर्षको सुरुमै भुक्तानी दिने र पुल हस्तान्तरण गरी ठेक्का टुङ्ग्याउने लक्ष्य रहेको उनले बताए । यसअघिका दुई आवको वार्षिक योजनामा समावेश भए पनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण सुरु भएको थिएन ।
आव २०७८–७९ र चालु आव मा रु ५०–५० लाख विनियोजन भएको थियो । मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष याम रोकाले अर्जेखोलामा पुल बनेपछि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर सवारीसाधन तार्नुपर्ने अवस्था हटेको र आवतजावत सहज तथा सुरक्षित भएको बताए । बेनी–बरन्जा सडकअन्तर्गत पर्ने यो पुलबाट बेनी नगरपालिका–४, मङ्गालाका– ३, ४, ५ वडाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: