तनहुँ । तनहुँकाे दमौलीस्थित आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।
गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको छ । क्षेत्रीले भने, “केही थप औजार उपकरण, रक्तसञ्चार सेवा र व्यवस्थापन भएपछि आगामी आर्थिक वर्षको सुरुमै शल्यक्रिया सेवा सुरु गर्नेछौँ ।”
लामो समयको प्रयासपश्चात अस्पतालमा अब शल्यक्रिया सेवा सुरु हुने चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “अस्पतालमा शल्यक्रिया सुरु गर्ने लामो समयको प्रयासले अब सार्थकता पाउँदैछ ।” अस्पतालले प्रसूति, हर्निया, एपेन्डिक्स, हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको उनले जानकारी दिए ।
चार प्रकारका शल्यक्रियाका लागि जनशक्ति रहे पनि उपकरण अभावमा सेवा सुरु गर्न ढिलाइ भएको चुमानले बताए । उनले भने, “अस्पतालमा हामीसँग तत्काल शल्यक्रिया सेवा सुरु गर्न जनशक्ति तयारी अवस्थामा छ, तर उपकरण अभावले सेवा सुरु गर्न सकेका थिएनौ ।”
विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकी स्तरोन्न, बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामना गाउँपालिकाका जनतालाई सेवा दिइरहेको छ । अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ । अस्पतालमा एकजना एमडिजीपी, तीनजना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।
गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल मै अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले यस क्षेत्रमा ट्रमा अस्पताल बनाउने लक्ष्य राखेको छ । आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा सार्वजनिक र मित्रता माध्यमिक विद्यालयको समेत गरी करिब दुई सय रोपनी जग्गामा अस्पताल बनाउन सकिने अध्यक्ष चुनामले बताए ।
उनले भने, “तनहुँको दमौलीबाट पूर्व लागेपछि ५० किमी दूरीमा एउटा पनि सरकारी अस्पताल छैन, कुनै दुर्घटना भयो भने उपचारका लागि चितवन वा काठमाडौँ दौडिनुपर्छ । राष्ट्रिय ट्रमा सेन्टरमा रहेका आवासीय चिकित्सक ल्याउन सकिए धेरै जनाको ज्यान बचाउन सकिन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: