कालीकोट । कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका –५ र खाँडाचक्र नगरपालिका –८ सेरावाडामा तिला नदीमाथि बेलीबिृज बनेपछि महावै गाउँपालिका राजमार्गसँग जोडिएको हो ।
महावै गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्न कर्णाली प्रदेश सरकारको सहयोगमा सेरावाडामा बेलिव्रिज निर्माण भएको हो । लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार बिकास कार्यालय कालीकोटले महावैलाई राजगर्मासँग जोड्न ठेक्का आह्वान गरेको थियो ।
दुई करोड लागत अनुमान गरेर खोलिएको ठेक्कामा डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको थियो । गाउँमा सडक बिस्तार भए पनि राजमार्गबाट प्रत्यक्ष जोड्नका लागि तिला नदीमा पुल नहुँदा समस्या हुँदै आएको थियो ।
महावै गाउँपालिकाका अध्यक्ष खेमवहादुर सिंहले आफु निर्वाचित भएसँगै तिला नदीमा पुल निर्माणका लागि मिहिनेत गर्नु परेको बताए । ठेकेदारका कारणले पक्की पुल निर्माण हुन सक्ने अबस्था नभएकाले सेरावाडामा बेलिबृज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको सुनाए ।
सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिबृज पुल निर्माणको काम सकिएको अध्यक्ष सिंहको भनाइ छ । अध्यक्ष सिंहले पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज हुने बिश्वास ब्यक्त गरे ।
भौतिक पूर्वाधार बिकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असार मसान्तमा काम सक्नु पर्ने मिति भएको र समयमै पुल निर्माण सम्पन्न भएको खवर आएको बताए । थोरै सुधारको काम बाँकी होला, तर पुल निर्माणको काम पुरै सकिएको तस्विर समेत आएकाले भुक्तानीमा खासै समस्या नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: