कालीकोट । कालीकोटको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका –५ र खाँडाचक्र नगरपालिका –८ सेरावाडामा तिला नदीमाथि बेलीबिृज बनेपछि महावै गाउँपालिका राजमार्गसँग जोडिएको हो ।
महावै गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्न कर्णाली प्रदेश सरकारको सहयोगमा सेरावाडामा बेलिव्रिज निर्माण भएको हो । लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार बिकास कार्यालय कालीकोटले महावैलाई राजगर्मासँग जोड्न ठेक्का आह्वान गरेको थियो ।
दुई करोड लागत अनुमान गरेर खोलिएको ठेक्कामा डिएस निर्माण सेवा काभ्रेले एक करोड ८१ लाखमा सम्झौता गरेको थियो । गाउँमा सडक बिस्तार भए पनि राजमार्गबाट प्रत्यक्ष जोड्नका लागि तिला नदीमा पुल नहुँदा समस्या हुँदै आएको थियो ।
महावै गाउँपालिकाका अध्यक्ष खेमवहादुर सिंहले आफु निर्वाचित भएसँगै तिला नदीमा पुल निर्माणका लागि मिहिनेत गर्नु परेको बताए । ठेकेदारका कारणले पक्की पुल निर्माण हुन सक्ने अबस्था नभएकाले सेरावाडामा बेलिबृज पुल निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरेको सुनाए ।
सरकारले महावै गाउँपालिकाको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिबृज पुल निर्माणको काम सकिएको अध्यक्ष सिंहको भनाइ छ । अध्यक्ष सिंहले पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले लगत्तै काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज हुने बिश्वास ब्यक्त गरे ।
भौतिक पूर्वाधार बिकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असार मसान्तमा काम सक्नु पर्ने मिति भएको र समयमै पुल निर्माण सम्पन्न भएको खवर आएको बताए । थोरै सुधारको काम बाँकी होला, तर पुल निर्माणको काम पुरै सकिएको तस्विर समेत आएकाले भुक्तानीमा खासै समस्या नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: