काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानपछि नेपाल र इजिप्टको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । उपराष्ट्रपति यादवले भने, ‘सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजिप्टको मित्रता, सद्भाव र समझदारीपूर्ण सुमधुर द्विपक्षीय सम्बन्धप्रति हामी सन्तुष्ट छौँ ।’
उनले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रको समूह (नाम) का संस्थापक सदस्य रहेको तथा संयुक्त राष्ट्र संघ, जी–७७ तथा विश्व व्यापार सङ्गठन लगायतमा सदस्य रही अन्तर्राष्ट्रिय मञ्चमा साझा मामिलामा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गरे ।
‘विश्वमा अन्याय, सीमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता निरन्तर कायम रहनेमा नेपाल र इजिप्टको समान धारणा रहेकोप्रति म अत्यन्त हर्षित छु’ उनले भने, ‘इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीलाई तालिम तथा नेपाली विद्यार्थीलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गरी अध्ययन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’
उपराष्ट्रपति यादवले भेटमा इजिप्टको राष्ट्रिय दिवसको अवसरमा राजदूत नोहा र उनि मार्फत इजिप्टका जनतालाई बधाई दिँदै शान्ति र समृद्धिको शुभकामना दिए । उनले राजदूत नोहाको कार्यकालमा नेपाल र इजिप्टको सम्बन्ध थप सुमधुर हुने विश्वास समेत व्यक्त गरे ।
राजदूत नोहाले नेपालको उन्नति, प्रगति र विकासको प्रशंसा गर्दै इजिप्ट दुई मुलुकको आपसी हित र चासोमा समान धारणाका साथ अघि बढ्न इच्छुक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: