Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौं । गृह मन्त्रालय ले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मन्त्रालयले बुधबार बिहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम सम्पन्न भएको जानकारी दिएको हो।

राजकुमार श्रेष्ठ को अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारी तथा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। बैठकमा जिल्लागत निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र समन्वयका विषयमा विस्तृत जानकारी लिइएको थियो।

करिब तीन घण्टा चलेको बैठकमा निर्वाचनको समग्र तयारी, सुरक्षा अवस्था तथा आवश्यक समन्वयका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य ले जानकारी दिइन्।

उनका अनुसार सबै जिल्लाबाट निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ। साथै, जिल्लाको वर्तमान अवस्था, केन्द्रबाट गर्नुपर्ने सहजीकरण तथा समन्वयका विषयमा समेत छलफल भएको थियो।

बैठकमा शान्ति–सुरक्षाको अवस्था, मतदानका दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशीलताको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने समझदारी बनेको छ। गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

बैठकमा सबै जिल्लाबाट सुरक्षा संयन्त्र, कर्मचारी र निर्वाचन सामग्री मतदान स्थलमा पुगिसकेको जानकारी समेत दिइएको मन्त्रालयले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाका सर्लाही–३ उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कालोस...

ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि पटक-पटक आक्रमण, १२ जना पक्राउ

ललितपुर । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका घटनामा संलग्न कुल...

निर्वाचन र सार्वजनिक बिदामा तनहुँ जिल्ला अदालत खुला रहने

तनहुँ। निर्वाचन र सार्वजनिक बिदामा पनि तनहुँ जिल्ला अदालत खुला रहने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले फागुन २० देखि ...

निर्वाचन तयारीबारे दिउँसो २ बजे विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।...

मतदानकेन्द्रमा मोबाइल, क्यामेरा नलग्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर। बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरे...

बागलुङ निर्वाचनमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसियो

बागलुङ। बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बगालुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । बागलुङ क्षेत्र नं. २ अन्तर्गतको गलकोट...

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालय ले यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मन्त्रालयले बुधबार बिहान...

एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला ११ हजार रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसा...

मतपेटिका सेनाले ओसार्दैन : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनमा मतदान सम्पन्न भएपछि मतपेटिका एकीकृत सुरक्षा योजना अन्तर्गत मतदान अधिकृतको कार्यालयमै लग...

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनीधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE