गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर)तयार गर्दै सङ्घले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको अध्यक्ष गुरुङले बताए ।
यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उनको भनाइ छ । गुरुङहरुको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा-ताप्रो-क्होलासोँथर-ठूलो लेक-थुर्जु-दूध पोखरी-गुरुङ देउराली-डाँफे खर्क-तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताए ।
उक्त पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवम् विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उनले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्ने गरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिए ।
सङ्घले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गत जेठ २१ देखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवम् प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो । नक्साङ्कनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवम् अनुसन्धानसमेत गरिएको गुरुङले बताए ।
गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको सङ्घका महासचिव तुल गुरुङले बताए । कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रुपमा चासो र चर्चा कमाएको थियो ।
पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङ स्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने सङ्घको योजना छ । पदमार्गले पसगाउँ, भाचोक, याङ्जाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्नेछ । पदमार्गको नक्साङ्कन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालु आर्थिक वर्षभित्रमा नक्साङ्कन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: