सुर्खेत । आर्थिक वर्ष २०८०/८१ मा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ । निकुत्तजले पशुधन बीमाअन्तर्गत रु दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो ।
डोल्पोबुद्ध गाउँपालिकाको धो, शे–फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । निकुञ्ज क्षेत्रमा बसोबास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्याएको क्षतिले आहात भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उनले बताए ।
राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताए । उनका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो ।
प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट रु तीन करोडको हाराहारीमा राजस्व सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: