Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

खबरडबली संवाददाता

एजेन्सी । नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका छन् । 

अमेरिकी राजधानीमा आयोजित तीन दिने सम्मेलनमा राष्ट्रपति जो बाइडेनले पश्चिमलाई भेला गर्ने लक्ष्य राखेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि दुई वर्षमा तीव्र गतिमा बढेको रुसको सैन्य उत्पादनसँग तालमेल राख्न आग्रह गर्नुअघि बाइडेनले गठबन्धनका अन्य ३१ नेतालाई व्यक्तिगत रूपमा वासिङ्टनमा स्वागत गरेका हुन् । 

“हामी नाटो क्षेत्रको हरेक इन्चको रक्षा गर्न सक्छौँ र गर्नेछौँ”, बाइडेनले वासिङ्गटनको सम्मेलन सेन्टरमा गठबन्धनको औपचारिक निर्णय गर्ने निकाय नर्थ एटलान्टिक काउन्सिललाई भने । उनले गत वर्ष किएभलाई दिएको प्रतिज्ञा पूरा गर्दै डेनमार्क र नेदरल्यान्ड्सले अमेरिकी निर्मित एफ–१६ लडाकू जेटहरू युक्रेनमा पठाउन थालेको घोषणा गरेका छन् । यसअघि उनले युक्रेनका लागि नयाँ हवाई रक्षा प्रणाली सहायता प्रदान गर्ने घोषणा गरेका थिए । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, “एफ–१६ हस्तान्तरणले राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई हराउने सोचको अन्त्य गर्नेछ ।” शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले युक्रेनमा मिसाइल आक्रमण गर्दा दर्जनौँको ज्यान गएको थियो । आक्रमणमा किएभस्थित बाल अस्पताल भग्नावशेषमा परिणत भएको थियो । 

बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शिखर सम्मेलनमा आमन्त्रित गरेका थिए । सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले एफ–१६ सहायताका लागि कृतज्ञता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE