Ntc summer Offer
Khabar Dabali ३१ असार २०८२ मंगलवार | 15th July, 2025 Tue
Investment bank

तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट हराएका सरस्वतीकाे मूर्ति अमेरिकामा फेला

खबरडबली संवाददाता

काठमाडाैं । चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ । अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको निजी सङ्ग्रहमा रहेको सो मूर्तिको टाउको छैन । 

सो मूर्ति चोरीका क्रममा सरस्वतीको खुट्टा भाँचिएको थियो । सोही भाँचिएको सरस्वतीको पाउ चन्द्रागिरि तीनथानाको विष्णुदेवी मन्दिर क्षेत्रमा अझै छ । सोही पाउनजिकै सरस्वतीको अर्को मूर्ति प्रतिस्थापन गरी स्थानीयले पूजा गर्दै आएका छन् । 

नेपालबाट हराएका वा चोरी भएका पुरातात्त्विक महत्त्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्ट्स अफ नेपाल अभियानले अमेरिकी नागरिक रोबर्टको सङ्ग्रहमा रहेको सो मूर्ति प्रकाशमा ल्याएको हो । 

सातौँ वा आठौँ शताब्दीमा बनेको विश्वास लिएको सो मूर्ति १३० सेन्टिमिटर अग्लो थियो । मूर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ । हाल अमेरिकामा फेला परेको मूर्तिको उचाइ ९१.५ सेन्टिमिटर रहेको छ । वास्तुविद् कार्ल प्रुस्चद्वारा २०३२ सालताका खिचिएको सो मूर्तिको तस्बिर ‘काठमाडौँ उपत्यका, खण्ड २’ र उलिच भोन स्कोडरको ‘नेप्लिज स्टोन स्कप्चर्स, खण्ड १’ प्लेट नम्बर २२४ मा नैकापको यो मूर्तिको विवरण उल्लेख छ ।

नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा सो मूर्तिको तस्बिर लिएका थिए । अमेरिकामा फेला परेको सो मूर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा ‘डेभिन प्रेजेन्सः आर्ट्स अफ इन्डिया एन्ड हिमालयज’ शीर्षकमा समावेश भएको सो अभियानले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

तनहुँ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो ।  ...

अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन व...

नवलपुरको कावासोतीमा करेन्ट लागेर एककाे मृत्यु

नवलपुर । नवलपुरको कावासोती नगरपालिका– ३ मा निर्माणाधीन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी क...

पाखोबारीमा झाडी फाँडेर विद्यार्थीहरूद्वारा तरकारी खेती

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएक...

नमुना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन । इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाले सुन्तला प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं...

३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक

फिक्कल  ।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । ...

बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ

मकवानपुरगढी । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रद...

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

बाँके । नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्ब...

बाजुरामा बुढीगंगा नदीले बगाएर एकजनाको मृत्यु

बाजुरा । बुढीगंगा नदीले बगाउँदा सोमबार एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेका जिल्...

काेशी प्रदेशमा लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे

विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending