काठमाडाैं । चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ । अमेरिकी नागरिक रोबर्ट ह्याटफिल्ड एल्सवर्थको निजी सङ्ग्रहमा रहेको सो मूर्तिको टाउको छैन ।
सो मूर्ति चोरीका क्रममा सरस्वतीको खुट्टा भाँचिएको थियो । सोही भाँचिएको सरस्वतीको पाउ चन्द्रागिरि तीनथानाको विष्णुदेवी मन्दिर क्षेत्रमा अझै छ । सोही पाउनजिकै सरस्वतीको अर्को मूर्ति प्रतिस्थापन गरी स्थानीयले पूजा गर्दै आएका छन् ।
नेपालबाट हराएका वा चोरी भएका पुरातात्त्विक महत्त्वका सम्पदाको पहिचान गरी नेपाल फर्काउन पहल गर्दै आएको लस्ट आर्ट्स अफ नेपाल अभियानले अमेरिकी नागरिक रोबर्टको सङ्ग्रहमा रहेको सो मूर्ति प्रकाशमा ल्याएको हो ।
सातौँ वा आठौँ शताब्दीमा बनेको विश्वास लिएको सो मूर्ति १३० सेन्टिमिटर अग्लो थियो । मूर्तिको टाउको काटिएको अवस्थामा फेला परेको छ । हाल अमेरिकामा फेला परेको मूर्तिको उचाइ ९१.५ सेन्टिमिटर रहेको छ । वास्तुविद् कार्ल प्रुस्चद्वारा २०३२ सालताका खिचिएको सो मूर्तिको तस्बिर ‘काठमाडौँ उपत्यका, खण्ड २’ र उलिच भोन स्कोडरको ‘नेप्लिज स्टोन स्कप्चर्स, खण्ड १’ प्लेट नम्बर २२४ मा नैकापको यो मूर्तिको विवरण उल्लेख छ ।
नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा सो मूर्तिको तस्बिर लिएका थिए । अमेरिकामा फेला परेको सो मूर्तिको फोटो २० वर्षअघि सन् २००३ मा प्रकाशित प्रदर्शनीको क्याटलगमा ‘डेभिन प्रेजेन्सः आर्ट्स अफ इन्डिया एन्ड हिमालयज’ शीर्षकमा समावेश भएको सो अभियानले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: