Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

स्वास्थ्य चौकी उद्घाटनका लागि नेता बोक्दै १० लाख स्वाहा

५ वटा हेलिकप्टर रिजर्भ

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङ्बोचे स्वास्थ्य चौकी उद्घाटन गर्दा विशिष्ट व्यक्तिहरू चढेको हेलिकप्टरको भाडा १० लाख २५ हजार तिरेको पाइएको छ ।

‘पालिकाले पाङ्गबोचे स्वास्थ्य चौकी उद्घाटन गर्न विशिष्ट व्यक्तिहरू चढेको भनी ५ वटा हेली रिजर्भ गरी १० लाख २५ हजार हेली भाडा खर्च लेखेको पाइयो,’ महालेखा परीक्षकको कार्यालयले दिएको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण रिपोर्टमा उल्लेख छ ।

सो पालिकाले विभिन्न दिवस मनाउने कार्यक्रममा खाना, खाजा, ब्यानर लगायतमा मात्रै ९ लाख ७२ हजार ३२० रुपैयाँ खर्च गरेको छ । पालिकाका विभिन्न वडाले के कुन कार्यक्रममा, सहभागी सङ्ख्या, प्रयोजनसमेत नखुलाई विभिन्न होटल तथा रेस्टुराँको बिल भर्पाई संलग्न गरी खाना, खाजा लगायत देखाएर विविध शीर्षकमा १३ लाख ३८ हजार ९९० रुपैयाँ खर्च गरेको छ । पालिकाले विभिन्न हाइड्रो पावर कम्पनीहरूलाई समेत मेसिन खरिद गरेर अनुदानस्वरुप हस्तान्तरण गरेको छ । जसमा बोमखोला मिनी हाइड्रोपावरका लागि ९ लाख ९४ हजार ४ सयको मेसिन खरिद गरेको, पाङ्गोम लघु जलविद्युत मर्मतका लागि ५ लाख रुपैयाँ दिएको र बोमखोला मिनी हाइड्रो प्रोजेक्टलाई विद्युत् केबल खरिदका लागि ५ लाख २१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ ।

यस्तै पालिकाले गाउँसभा सम्पन्न गर्नका लागि भत्ता वितरण बाहेक खाना, खाजा, चिया, नास्ता, ब्याग, रेनकोट खरिद लगायतको भुक्तानीका लागिमात्रै १६ लाख ४८ हजार ३५० खर्च लेखेको छ ।

गाउँपालिकाले सीसीटीभी खरिद तथा जडान नै नगरी सोही शीर्षकमा सीसीटीभी स्टेशन एण्ड स्मार्ट होमलाई ९ लाख ९३ हजार २०२ रुपैयाँ, आलु चिप्स मेसिन खरिदका लागि चेन्ज इन नेपाल प्रालिलाई ४ लाख ५३ हजार ३८६ रुपैयाँ भुक्तानी दिए पनि मेसिन हस्तान्तरण नभएको महालेखाले औँल्याएको छ ।

यस्तै पालिकाले पर्यटन सूचना केन्द्रमा पर्यटनको सूचना व्यवस्थापन गर्न ट्रेक कार्ड सफ्टवेयरको निर्माण र आवश्यक विद्युतीय उपकरण खरिदमा ४३ लाख ४ हजार १८३ रुपैयाँ खर्च लेखेको छ । उक्त खरिद प्रक्रिया अपारदर्शी रहेको महालेखाले जनाएको छ ।

‘पालिकाले ट्रेक कार्ड सफ्टवेयर निर्माण सम्बन्धी विभिन्न कार्यको एकमुष्ट लागत अनुमान तयार गरी नियमावली बमोजिमको खरिद विधि छनौट गर्नुपर्नेमा पालिकाले सफ्टवेयर निर्माण, मेसिन उपकरण खरिद र टे«क कार्ड चिप तथा कार्ड खरिदको छुट्टाछुट्टै लागत अनुमान तयार गरी सोझै खरिद प्रक्रिया मार्फत खरिद गरेको पाइयो,’ महालेखाले भनेको छ, ‘यो नियमावलीमा भएको व्यवस्था विपरीत गरेको खरिद कार्य नियमसम्मत देखिएन ।’

पालिकाले खरिद गरेको कार्ड जिन्सी शाखामा दाखिला पनि नगरेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले उक्त पालिकाको बेरुजु रकम ३ करोड १० लाख ६७ हजार देखाएको छ । जसमा असुल गर्नुपर्ने ७५ लाख ९८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७३ लाख ४७ हजार, नियमित गर्नुपर्ने १ करोड ४८ लाख ४२ हजार र पेस्की १२ लाख ८० हजार रुपैयाँ छ ।

उक्त पालिकाको यसअघिको बेरुजु रकम २१ करोड १३ लाख ६१ हजार थियो । थप भएको बेरुजु रकमसँगै अद्यावधिक बेरुजु २४ करोड ११ लाख ५९ हजार पुगेको महालेखाले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ वटा वडा छन् भने यहाँको जनसङ्ख्या ९ हजार २१७ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending