सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पाङ्बोचे स्वास्थ्य चौकी उद्घाटन गर्दा विशिष्ट व्यक्तिहरू चढेको हेलिकप्टरको भाडा १० लाख २५ हजार तिरेको पाइएको छ ।
‘पालिकाले पाङ्गबोचे स्वास्थ्य चौकी उद्घाटन गर्न विशिष्ट व्यक्तिहरू चढेको भनी ५ वटा हेली रिजर्भ गरी १० लाख २५ हजार हेली भाडा खर्च लेखेको पाइयो,’ महालेखा परीक्षकको कार्यालयले दिएको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण रिपोर्टमा उल्लेख छ ।
सो पालिकाले विभिन्न दिवस मनाउने कार्यक्रममा खाना, खाजा, ब्यानर लगायतमा मात्रै ९ लाख ७२ हजार ३२० रुपैयाँ खर्च गरेको छ । पालिकाका विभिन्न वडाले के कुन कार्यक्रममा, सहभागी सङ्ख्या, प्रयोजनसमेत नखुलाई विभिन्न होटल तथा रेस्टुराँको बिल भर्पाई संलग्न गरी खाना, खाजा लगायत देखाएर विविध शीर्षकमा १३ लाख ३८ हजार ९९० रुपैयाँ खर्च गरेको छ । पालिकाले विभिन्न हाइड्रो पावर कम्पनीहरूलाई समेत मेसिन खरिद गरेर अनुदानस्वरुप हस्तान्तरण गरेको छ । जसमा बोमखोला मिनी हाइड्रोपावरका लागि ९ लाख ९४ हजार ४ सयको मेसिन खरिद गरेको, पाङ्गोम लघु जलविद्युत मर्मतका लागि ५ लाख रुपैयाँ दिएको र बोमखोला मिनी हाइड्रो प्रोजेक्टलाई विद्युत् केबल खरिदका लागि ५ लाख २१ हजार ५९८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै पालिकाले गाउँसभा सम्पन्न गर्नका लागि भत्ता वितरण बाहेक खाना, खाजा, चिया, नास्ता, ब्याग, रेनकोट खरिद लगायतको भुक्तानीका लागिमात्रै १६ लाख ४८ हजार ३५० खर्च लेखेको छ ।
गाउँपालिकाले सीसीटीभी खरिद तथा जडान नै नगरी सोही शीर्षकमा सीसीटीभी स्टेशन एण्ड स्मार्ट होमलाई ९ लाख ९३ हजार २०२ रुपैयाँ, आलु चिप्स मेसिन खरिदका लागि चेन्ज इन नेपाल प्रालिलाई ४ लाख ५३ हजार ३८६ रुपैयाँ भुक्तानी दिए पनि मेसिन हस्तान्तरण नभएको महालेखाले औँल्याएको छ ।
यस्तै पालिकाले पर्यटन सूचना केन्द्रमा पर्यटनको सूचना व्यवस्थापन गर्न ट्रेक कार्ड सफ्टवेयरको निर्माण र आवश्यक विद्युतीय उपकरण खरिदमा ४३ लाख ४ हजार १८३ रुपैयाँ खर्च लेखेको छ । उक्त खरिद प्रक्रिया अपारदर्शी रहेको महालेखाले जनाएको छ ।
‘पालिकाले ट्रेक कार्ड सफ्टवेयर निर्माण सम्बन्धी विभिन्न कार्यको एकमुष्ट लागत अनुमान तयार गरी नियमावली बमोजिमको खरिद विधि छनौट गर्नुपर्नेमा पालिकाले सफ्टवेयर निर्माण, मेसिन उपकरण खरिद र टे«क कार्ड चिप तथा कार्ड खरिदको छुट्टाछुट्टै लागत अनुमान तयार गरी सोझै खरिद प्रक्रिया मार्फत खरिद गरेको पाइयो,’ महालेखाले भनेको छ, ‘यो नियमावलीमा भएको व्यवस्था विपरीत गरेको खरिद कार्य नियमसम्मत देखिएन ।’
पालिकाले खरिद गरेको कार्ड जिन्सी शाखामा दाखिला पनि नगरेको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले उक्त पालिकाको बेरुजु रकम ३ करोड १० लाख ६७ हजार देखाएको छ । जसमा असुल गर्नुपर्ने ७५ लाख ९८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७३ लाख ४७ हजार, नियमित गर्नुपर्ने १ करोड ४८ लाख ४२ हजार र पेस्की १२ लाख ८० हजार रुपैयाँ छ ।
उक्त पालिकाको यसअघिको बेरुजु रकम २१ करोड १३ लाख ६१ हजार थियो । थप भएको बेरुजु रकमसँगै अद्यावधिक बेरुजु २४ करोड ११ लाख ५९ हजार पुगेको महालेखाले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ वटा वडा छन् भने यहाँको जनसङ्ख्या ९ हजार २१७ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: