पाेखरा । विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नति गरिँदै छ । महानगरको तालचोकदेखि बेगनास, शिशुवादेखि खुदीखोला र कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नतिको काम जारी छ ।
कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नति परियोजना मङ्गलबार पोखरा महानगरका प्रमुख धनराज आचार्य र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले संयुक्त रूपमा सुरुआत गरे । दुई सडक खण्ड स्तरोन्नति यसअघि नै सुरु भइसकेको छ ।
१२.४४ किमीको यो सडकको लागत एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकोमा ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ मा आशीष निर्माण सेवा प्रालिले कामको जिम्मा लिएको छ । प्रालिसँग असार ६ गते ठेक्का सम्झौता भई कामसमेत सुरु गरिएको हो । तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्व बैङ्कको सहयोगमा पोखराका गौरवका आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गरे । विश्व बैङ्कको परियोजनाको समय अब एक वर्षमात्रै रहेकाले समयभित्रै काम सक्ने गरी काम गर्न उनले निर्देशन दिए ।
आफू प्रमुख भएर आएपछि विभिन्न दातृ निकायको सहयोगमा २८ अर्बका योजना पोखरामा सञ्चालन हुन लागेको सुनाउँदै उनले नगरवासीको सहयोगको अपेक्षा गरे । “तेस्रो खण्डको सडक वैकल्पिक राजमार्गसमेत हो । निर्माणका क्रममा आइपर्ने सबै खालका अवरोध हटाउँदै समयमै काम पूरा गर्नैपर्छ,” उनले भने ।
तीन सडक परियोजनाबाट बाँकी रकम दोबिल्ला बिरौटा सडक स्तरोन्नतिमा उपयोग गर्ने उनले उल्लेख गरे । “विश्व बैङ्कले लगानी गर्ने प्रतिबद्धता गरेको बाँकी रकम दोबिल्लादेखि बिरौटासम्मको सडक स्तरोन्नतिमा प्रयोग गर्नुपर्छ भन्ने छ तर हामीसँग काम सक्न समयको चाप छ,” उनले भने ।
पोखरामा २५.६८ मिलियन अमेरिकी डलर अर्थात् अर्ब ३७ करोड ९३ लाख विश्व बैङ्कले लगानी गर्दै छ । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले पोखराको विकासलाई मन्त्रालयले सधैँ प्राथमिकतामा राखेको जनाउँदै बाँकी रकम अर्को सडक खण्ड स्तरोन्नतिमा खर्चिन विश्व बैङ्कसँग सरकारले समन्वय गर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: