काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताएका छन् ।
केन्द्रविन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकालसम्म ठूलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याए ।
उनले यस वर्षको एसइई परीक्षाको नतिजाले शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । “कुनै बेला पढ्न जाँदा दण्डित हुनुपर्ने देश यही हो, अहिले शिक्षा संविधानको मौलिक हकमा छ, यो जनआन्दोलन र राजनीतिक परिवर्तनको उपलब्धि हो । विद्यमान शिक्षा प्रणालीमा सुधारका धेरै ठाउँ छन्, सुधारका लागि हामी लाग्नु जरुरी छ”, अध्यक्ष दाहालले भने ।
उनले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाए । कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा.डा.श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरियो ।
यसैगरी, उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । अध्यक्ष दाहालका साथै नेकपा (एमाले) का सचिव योगेश भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले उत्कृष्ट शिक्षालय र शिक्षाकर्मीलाई सम्मान प्रदान गरे । कार्यक्रममा विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ पनि दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: