धनकुटा । अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको कोशी राजमार्ग सञ्चालनमा आएको छ।
कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी र घण्टेमा बाढीले र पहिरो खसेर अवरुद्ध भएको राजमार्ग ६ घण्टापछि सञ्चालनमा आएको हो।
फेदीस्थित गर्जुवा खोलामा माटोको लेदोसहित आएको बाढीले सडक पुरिएपछि मंगलवार विहानदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजबाबु महर्जनले बताए।
राजमार्ग अवरुद्धसँगै अड्किएका कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम हिँडेका सवारीसाधन सडक सञ्चालनमा आएसँगै गन्तव्यतिर लागेका छन्।
सडकमाथि थुप्रिएको माटोसहितको लेदो स्काभेटरले पन्छाएर सडक सञ्चालनमा ल्याइएको महर्जनले बताए।
वर्षा केही घटेसँगै खोलामा बालुवा र माटोको लेदोसहितको बाढी आउन कम भएकाले सडक खोल्न सहज भएको हो। गर्जुवा खोलामा हरेक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने गरेको छ।
लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। रुद्रबारी, गुठीटारलगायत दर्जनौँ स्थानमा पहिरो गएको छ।
पहिरोका कारण ती स्थानमा एकतर्फीमात्रै सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: