बाँके । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन् । राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन् ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई दर्जन बढी गाउँहरू डुबानमा परिसकेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार निरन्तरको वर्षाले गर्दा पानी जम्मा भएर वा राप्ती नदी लगायतका खोला नालामा पानी धेरै भएर गाउँ बस्ती र टोलहरू डुबानमा परेको जनाएको छ ।
डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुलको माथि नजिकै पानी पुगिसकेकोले पुलमा आवागमन निषेध गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहानदेखि राप्ती नदीमा रहेको राप्ती पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
राप्ती नदीमा आएको बाढीले नरैनापुरका दर्जन बढी गाउँ डुबानमा परेको विपद् व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए । मिश्राका अनुसार नरैनापुर गाउँपालिका वडा नं–६ को शोनवर्षा, कुदर बेटवा, गङ्गापुर, भोजपुर, वडा नम्बर ५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरू राप्तीको बाढीका कारण डुबानमा परेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डुबान क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी एव उद्धार टोलीसहित नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेत खटिएको बताए ।
उनले आइतबार बिहानैबाट राप्ती नदीमा पानीको सतह घट्दै गएकोले ठुलो बाढीको सम्भावना टर्दै गएको जनाउँदै वर्षाका कारण धेरै गाउँ टोलमा डुबान भएकोले सही तथ्याङ्क सङ्कलनका लागि अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: