Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा

खबरडबली संवाददाता

बाँके । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन् । राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन् । 

जिल्लाको राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई दर्जन बढी गाउँहरू डुबानमा परिसकेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार निरन्तरको वर्षाले गर्दा पानी जम्मा भएर वा राप्ती नदी लगायतका खोला नालामा पानी धेरै भएर गाउँ बस्ती र टोलहरू डुबानमा परेको जनाएको छ ।

डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुलको माथि नजिकै पानी पुगिसकेकोले पुलमा आवागमन निषेध गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहानदेखि राप्ती नदीमा रहेको राप्ती पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ । 

राप्ती नदीमा आएको बाढीले नरैनापुरका दर्जन बढी गाउँ डुबानमा परेको विपद् व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए । मिश्राका अनुसार नरैनापुर गाउँपालिका वडा नं–६ को शोनवर्षा, कुदर बेटवा, गङ्गापुर, भोजपुर, वडा नम्बर ५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरू राप्तीको बाढीका कारण डुबानमा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डुबान क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी एव उद्धार टोलीसहित नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेत खटिएको बताए । 

उनले आइतबार बिहानैबाट राप्ती नदीमा पानीको सतह घट्दै गएकोले ठुलो बाढीको सम्भावना टर्दै गएको जनाउँदै वर्षाका कारण धेरै गाउँ टोलमा डुबान भएकोले सही तथ्याङ्क सङ्कलनका लागि अनुरोध गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending