माेरङ । माेरङबाट अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा बिहीबार विराटनगर महानगरपालिका– १५ बाट ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका– ११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका– ३ का २० वर्षीय दीपक मण्डल, मोरङको जहदा गाउँपालिका– १ का २५ वर्षीय रञ्जितकुमार यादव, विराटनगर– १६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव तथा सप्तरी नर्घो घर भई विराटनगर– १५ बस्दै आएका ३३ वर्षीय सञ्जीवकुमार मण्डल रहेका छन् ।
विराटनगर– १५ मा रहेको सोहिता कर्णको घरको दोस्रो तलामा चारवटा कोठा भाडामा लिएर क्रिप्टोकरेन्सी कारोबार गरिरहेका उनीहरूलाई असार १९ गते कोशी प्रदेश प्रहरीको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीले छापा मार्ने क्रममा गिरोहको कोठाबाट १६ थान मोबाइल, भारतीय नम्बरका १३ थान र नेपाली नम्बरका १९ थान सिमकार्ड, विभिन्न बैंकका चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, इलेक्ट्रिक फ्रिंगर प्रिन्ट तीन थान, मोटरसाइकल तीन थान र नगद एक हजार ६ सय रुपैयाँ बरामद भएको जनाएको छ ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: