काठमाडौं । सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि सात करोड ९८ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिए ।
उनका अनुसार सातै प्रदेशका स्थानीय तहलाई डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । प्रदेश तथा जिल्लाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजि गरि लार्भा नष्ट गर्न ७७ वटै जिल्लामा प्रति जिल्ला दुई लाखका दरले बजेट विनियोजन गरेको उनको भनाइ छ ।
डेंगु रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१ बनाएर काम गरेको उनले जानकारी दिए । स्थानीय स्तरमा लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको उनको भनाइ छ । यसैगरी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा क्षमता अभिवृद्धी, महामारी तथा जोखिम क्षेत्रहरु समयमै पहिचान गर्न इडिसिडीले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको निगरानी वर्ष भरिनै नियमित गरेको जानकारी दिए ।
प्रत्येक प्रदेशमा १–१ वटा ईन्टोमोलोजिकल ल्याब स्थापना गरी एकीकृत सर्भिलेन्सका कार्य गर्नुका साथै डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्कय परीक्षण किट मौज्दात रहेको उनको भनाइ छ । पानी पर्न सुरु भएकाले अब डेंगु सङ्क्रमण बढ्न सक्ने डा.दाहालको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनमा डेंगु सङ्क्रमण बढ्ने आँकलन गर्दै सचेत रहन आग्रह गरेको छ ।
१४ सयभन्दा बढीमा डेंगु पुष्टि
इडिसिडीका अनुसार यो वर्ष ७३ जिल्लाबाट १४ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको छ । सङ्क्रमित सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा रहेका छन् । गते वर्ष ५२ हजार ७९० जना डेंगु सङ्क्रमण भएको थियो भने २० जनाको डेंगुको कारण मृत्यु भएको थियो ।
गत वर्ष ५० प्रतिशतभन्दा बढी कोशी प्रदेशमा सङ्क्रमति भएका थिए । सरुवारोग विशेषज्ञ डा.बिमल चालिसेले डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन ।
उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीअरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।
लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा.दाहालको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: