Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोज

खबरडबली संवाददाता

काठमाडौं । सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोज गरेको छ ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि सात करोड ९८ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिए । 

उनका अनुसार सातै प्रदेशका स्थानीय तहलाई डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । प्रदेश तथा जिल्लाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजि गरि लार्भा नष्ट गर्न ७७ वटै जिल्लामा प्रति जिल्ला दुई लाखका दरले बजेट विनियोजन गरेको उनको भनाइ छ । 

डेंगु रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१ बनाएर काम गरेको उनले जानकारी दिए । स्थानीय स्तरमा लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको उनको भनाइ छ । यसैगरी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा क्षमता अभिवृद्धी, महामारी तथा जोखिम क्षेत्रहरु समयमै पहिचान गर्न इडिसिडीले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको निगरानी वर्ष भरिनै नियमित गरेको जानकारी दिए । 

प्रत्येक प्रदेशमा १–१ वटा ईन्टोमोलोजिकल ल्याब स्थापना गरी एकीकृत सर्भिलेन्सका कार्य गर्नुका साथै डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्कय परीक्षण किट मौज्दात रहेको उनको भनाइ छ । पानी पर्न सुरु भएकाले अब डेंगु सङ्क्रमण बढ्न सक्ने डा.दाहालको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनमा डेंगु सङ्क्रमण बढ्ने आँकलन गर्दै सचेत रहन आग्रह गरेको छ । 

१४ सयभन्दा बढीमा डेंगु पुष्टि

इडिसिडीका अनुसार यो वर्ष ७३ जिल्लाबाट १४ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको छ ।  सङ्क्रमित सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा रहेका छन् । गते वर्ष ५२ हजार ७९० जना डेंगु सङ्क्रमण भएको थियो भने २० जनाको डेंगुको कारण मृत्यु भएको थियो ।

गत वर्ष ५० प्रतिशतभन्दा बढी कोशी प्रदेशमा सङ्क्रमति भएका थिए । सरुवारोग विशेषज्ञ डा.बिमल चालिसेले डेंगु रोग डेंगी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छन । 

उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीअरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ । 

लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा.दाहालको आग्रह छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE