काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार कार्यविभाजन नियमावलीले तोकेको जिम्मेवारी पूरा गर्ने सिलसिलामा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कार्यसम्पादन गर्न रक्षा मन्त्रालय सदैव क्रियाशील रहेको बताएकी छिन् ।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा रक्षा मन्त्रालय र अन्तर्गतका निकायसम्बन्धी उठेका जिज्ञासा, सुझाव एवं प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले नेपालको संविधान, सैनिक ऐन, २०६३ र नेपाल सरकारका सुरक्षासम्बन्धी कानुन, राष्ट्रिय सुरक्षा नीति, २०७५ अनुसार मुलुकको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षाका लागि नेपाली सेना समर्पित रही आएको बताइन् ।
सरकारकी प्रवक्ता शर्माले यस प्रकारको घोषणा भएमा नेपाली सेना जुनसुकै समय र अवस्थामा सीमारक्षाका लागि खटिने विषयमा कुनै द्विविधा नरहेको प्रस्ट पारिन् ।
उनले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनामा नेपाली सेनाको सहभागिता सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै नेपाली सेनालाई आवश्यकताअनुसार विकास निर्माणमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गरिन् । कहाँ, कहिले र कस्तो प्रकारको निर्माणमा जिम्मेवारी दिने भन्ने विषय नेपाल सरकारले निर्णय गर्ने उनले प्रस्ट पारिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: