हेटौँडा । मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् ।
असार ३ गतेदेखि बिहीबारसम्ममा मकवानपुरको विभिन्न स्थानमा जङगली विषादीयुक्त च्याउ खाँदा ३७ जना बिरामीभएका मध्ये तीन जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा, कैलाश गाउँपालिका ९ नामटारका २५ वर्षीया निरुमाया रुम्बा र कैलाश गाउँपालिका ९ नामटारका ४ वर्षीय दिपेश लामाको जंगली च्याउ खाएपछि मृत्यु भएको हो ।
प्रहरीका अनुसार च्याउ खाएर बिरामी भएका मध्ये हाल आठ जना उपचाररत रहेको र २६ जना विभिन्न स्वास्थ्य संस्थामा उपचारपछि घर गएका छन् । यसैबिच बुधबार राति मकवानपुरको भीमफेदी गाउँपालिकामा जङ्गली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका थिए ।
भीमफेदी गाउँपालिका ६ स्थित उर्लाघारीका एकै परिवारका सदस्यले जङ्गली च्याउ खाई बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । च्याउ खाएर गएराति बिरामी भएका सबैको अवस्था सामान्य छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...
पौष १ गते, २०८२ - १७:४०
महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...




प्रतिकृया लेख्नुहोस्: