ओखलढुङ्गा । ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन् । जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सिद्धिचरण राजमार्ग अन्तरर्गत सिद्धिचरण नगरपालिका-८ जरङ्गेको भुसुने जङ्गलमा सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरोको एक्सल भाच्चिएर अनियन्त्रित भई भएको दुर्घटनामा दुई जना घाईते भएकाे हाे ।
दुर्घटनामा सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की ४२ वर्षीय रन्जिता खड्काको बायाँ हातको चार वटा औला चुडिएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका–५ का ३१ वर्षीय दिनेश थापाको बायाँ कुम र ढाडमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
खड्कालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेलाई तत्काल उद्धार गरेर उपचारको लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको थियो । बोलेरो चालक बाग्लुङको ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका २५ वर्षीय सहबहादुर वि.कलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
बोलेरोमा सवार चालक र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसैबिच बिहिबार सिद्धिचरण नगरपालिका–११ सोबुरुमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ओखलढुङ्गा सामुदायिक अस्पतालदेखि सदरमुकामतर्फ आउदै गरेको प्र २–०१–००१ प ९७५० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र ०१–०२६ च ०९३६ नम्बरको डबल क्याप बोलेरो एक आपसमा ठोक्किएर भएको दुर्गटनामा दुई जना घाईते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक चिशंखुगढी गाउँपालिका–६ भदौरेका करिब ४० वर्षीय प्रकाश राई र सोही मोटरसाइकलमा करिब ५५ वर्षीय जगत बहादुर राई घाइते भएका हुन् । घाइते दुवै जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो चालक, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: