हेटौँडा । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८/७९ मा ५६३, आव २०७९/८० मा वृद्धि भई ९०४ पुगेकोमा चालु आवको साउनदेखि जेठ मसान्तसम्म एक हजार १८८ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवको जेठसम्म ज्यान सम्बन्धित ८७९, आत्महत्या सम्बन्धित ८८२, चोरी सम्बन्धित २४४, सामाजिक अपराध सम्बन्धित ७८०, सवारी सम्बन्धित २८६ र अन्य ४२८ अपराधसँग सम्बन्धित घटना भएका छन् ।
यस्तै आव २०७८/७९ मा चार हजार ४०५, आव २०७९र८० मा चार हजार ६७९ र चालु आवको जेठ मसान्तसम्म चार हजार ६८७ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ ।
त्यस्तै चालु आवको जेठ मसान्तसम्म ३४१ लागुऔषध, ४४ कर्तव्य ज्यान, २५९ जबरजस्ती करणी, आठ मानव बेचबिखन तथा ओसारपसार, पाँच अपहरण तथा शरीर बन्धक, मादक पदार्थ बेचबिखन तथा ओसारपसार आठ, डाँका एक र अन्य २५ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चालु आवको जेठ मसान्तसम्म २५९ वटा जबरजस्ती करणी, ३८ बहुविवाह, ४९ जबरजस्ती करणी उद्योग, आठ वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा बालविवाहसँग सम्बन्धित अपराधका घटना भएको तथ्याङ्क छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: