Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

दोलखामा पुनः निर्वाचन हुँदैन : आयोग

खबरडबली संवाददाता

काठमाडौँ । करिब ५ घण्टा मतदान अवरुद्ध भएर फेरी मतदान भएकाे दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा पुन:मतदान नहुने निर्वाचन आयाेगले जनाएकाे छ । विवाद र तनावका बिच  फेरी मतदान सम्पन्न भइसकेको र मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दोलखाको उक्त मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘तामाकोशीमा निर्वाचन सम्पन्न भएको छ, रि–पोलिङ हुने अवस्था छैन ।’ उनले यसपटक देशभर कुनै पनि मतदान केन्द्रमा पुनः निर्वाचन गर्नुपर्ने स्थिति नरहेको समेत जानकारी दिए ।

गोल्मेश्वर माध्यमिक विद्यालय मतदान स्थलमा कर्मचारी र दलका कार्यकर्ताबिच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया बिहानैदेखि बिथोलिएको थियो । विवादकै क्रममा कांग्रेससम्बद्ध केही व्यक्तिले मतपत्रको ठेली लिएर हिँडेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो ।

लामो समयसम्म मतदान रोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रतिनिधिहरूले मतदान स्थल छाडेका थिए । विवादअघि करिब ३०० मत खसेकोमा मध्याह्न ४ बजेबाट पुनः मतदान सुरु भएको थियो । तर, लामो अवरोधका कारण धेरै मतदाता घर फर्किसकेकाले मतदान प्रभावकारी हुन सकेको थिएन ।

२५ सयभन्दा बढी मतदाता रहेको उक्त केन्द्रमा जम्मा ६९८ मत मात्र खसेको थियो । कम मतदान भएका कारण पुनः मतदान हुनसक्ने आकलन गरिए पनि आयोगले त्यसलाई खारेज गर्दै मुचुल्का उठाएर मतपेटिका सदरमुकाम ल्याइएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending