Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

कांग्रेस-एमालेले प्रचण्डलाई यसरी जिल्याए

खबरडबली संवाददाता

काठमाडौं । ‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो। कुरा नचल्नेहरूको कुरा चल्न सुरु भयो भने यहाँको यात्राचाहिँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यू।’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रतिनिधिसभामा गत फागुन ३० गते विश्वासको मत लिँदै गर्दा दिएको अभिव्यक्तिको एक अंश हो।

२०७९ मंसिरमा निर्वाचन भएपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत लिँदै गर्दा कांग्रेस महामन्त्री शर्माले अब कांग्रेस र एमाले मिलेर अघि बढ्ने दिन आउने सक्ने संकेत गरेको यो अभिव्यक्तिबाट बुझिन्छ। प्रतिनिधिसभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै कांग्रेस महामन्त्री शर्माले दिएको यो अभिव्यक्ति अहिले आएर सही साबित भएको छ। प्रतिनिधिसभामा सिटका हिसाबले माओवादी केन्द्र तेस्रो ठुलो दल हो।

दाहालबाट धोका खाएकाहरू एक ठाउँमा उभिने दिन आउन बेर नलाग्ने भन्दै शर्माले दिएको अभिव्यक्तिलाई त्यतिबेला माओवादी केन्द्रका नेताले सत्ताच्युत हुनुपर्दाको आक्रोश र रोदनको संज्ञा दिएका थिए। तर चार महिना नपुग्दै प्रतिनिधिसभाका दुई ठुला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका छन्। उनीहरू सत्ता सहकार्यदेखि संविधान संशोधनलगायत मुलुकमा देखिएका समस्या समाधानमा मिलेर अघि बढ्न राजी भएका छन्।

अब मिलेर सरकार बनाउने र आलोपालो नेतृत्व गर्नेसहितका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातिमा सहमति गरेका छन्। ठुला दुई दलबीच भएको यो सहमतिबाट प्रधानमन्त्री दाहाल नराम्रोसँग पछारिने अवस्थामा पुगेका छन्।

दाहाल एमालेसँग नमिल्दा कांग्रेससँग टाँसिने र कांग्रेससँग बार्गेनिङ गर्न परे एमालेसँग जोडिँदै आएका थिए । उनले प्रतिनिधिसभामा माओवादीको ३२ सिटलाई ‘आफ्नो नम्बरको जादु’ बताउँदै आएका थिए। कहिले कता र कहिले कता ढल्केर पाँच वर्ष सरकारमा रहिरहने दाहालको दाउ सोमबार राति कांग्रेर र एमालेबीच भएको सहमतिले चकनानाचुर हुन पुगेको छ। संवैधानिक व्यवस्थाअनुसार दाहाल अझै एक महिना सरकारमा रहन सक्छन्। दाहाल नेतृत्वको सरकारबाट एमाले फिर्ता भएपछि उनले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

दाहाल प्रधानमन्त्रीबाट राजीनामा गर्नुको साटो संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा गएर सामना गर्ने तयारीमा छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको बैठकपछि दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमा भेटेर विश्वासको मत लिने बाटो रोज्ने संकेत दिएका छन्। २०७९ पुस १० गते प्रधानमन्त्री बनेका दाहालले अहिलेसम्म चारपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। कांग्रेस र एमालेले मिलेर सरकार चलाउने समझदारी गरेकाले अब दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने अवस्था देखिँदैन।  

कांग्रेस र एमाले पछिल्लो समझदारीमा कायमै रहेको अवस्थामा झन्डै आठ वर्षपछि मुलुकका दुई ठुला र पुराना दल मिलेर सरकार गठन हुनेछ। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा एमालेसमेत सम्मिलित सरकार गठन भएको थियो। कोइराला नेतृत्वको सरकारका पालामा २०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो। 

संविधान जारी भएपछि एमाले, माओवादीसहितका दलहरूको समर्थनमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थि। त्यसपछिका झन्डै आठ वर्ष कांग्रेस र एमाले दुई किनारामा उभिए । यी दुई ठुला दलका शीर्ष नेताहरूमा देखिएको ‘इगो’ले तेस्रो ठुलो दल माओवादी सत्ता राजनीतिमा हाबी हुँदै आयो। माओवादी सत्ता राजनीतिमा हाबी हुँदा मुलुकमा आर्थिक विकास र राजनीतिक स्थायित्व हुन नसकेको बुझाइमा पुगेका कांग्रेस र एमालेका शीर्ष नेता अब आलोपालो सरकारको नेतृत्व गर्न तयार भएका हुन्।  

कांग्रेस पदाधिकारीको मंगलबार बिहान बसेको बैठकमा एमालेसँग सहमति निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका नेता रमेश लेखकले माओवादीले पटकपटक धोका दिँदा यस्तो अवस्था आएको बताएका छन्। मुलुकलाई निकास र राजनीतिक स्थिायित्व दिन एकैठाउँमा उभिनुपर्ने अवस्थामा कांग्रेस र एमाले पुगेको लेखकले पदाधिकारी बैठकमा जानकारी गराएका थिए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनताको चासो र चिन्तालाई केन्द्रमा राखेर एमालेसँग एउटा सहमतिमा पुगेको दाबी गरे। ‘संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्दै आर्थिक स्थायित्व, विकास निर्माणमा देखिएको अन्योल अन्त्यका लागि अघि बढ्न दुई दलबीच सरकार निर्माण गरेर अघि बढ्ने समझदारी बनेको हो,’ महतले भने।

कांग्रेस र एमाले आवश्यकताअनुसार अन्य दललाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार निर्माणमा पनि लाग्ने उनले बताए। सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने मोटामोटी समझदारी भएको जानकारी उनले दिए। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending