एजेन्सी । उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ ।
तीन राष्ट्रले ब्यालेस्टिक मिसाइल र हवाई रक्षा, पनडुब्बीविरोधी युद्ध र रक्षात्मक साइबर प्रशिक्षणमा ‘फ्रिडम एज’ भनिने तीन दिने सैन्य अभ्यास सम्पन्न गरेको एक दिन पछि उत्तर कोरियाको यस्तो अभिव्यक्ति आएको हो ।
उत्तर कोरियाको आणविक खतरा र चीनको बढ्दो क्षेत्रीय प्रभावको सामना गर्ने एकताको सङ्केतका रूपमा वार्षिक अभ्यास गर्न गत वर्ष अमेरिकी, दक्षिण कोरियाली र जापानी नेता त्रिपक्षीय शिखर सम्मेलनमा सहमत भएका थिए ।
“हामी उत्तर कोरियाविरुद्धको सैन्य अभ्यासको कडा निन्दा गर्दछौं,” प्योङयाङको विदेश मन्त्रालयले आइतबार जनाएको छ । “अमेरिका–जापान–दक्षिण कोरिया सम्बन्धले नेटोको एसियाली संस्करणको रूप लिएको छ । यसको परिणाम घातक हुनेछ,” प्योङयाङले भनेको छ ।
उत्तर कोरियाले सैन्य समूहलाई बलियो बनाउन अमेरिका र यसका सहयोगीहरूको चाललाई कहिल्यै बेवास्ता नगर्ने बताएको छ । पछिल्लो संयुक्त अभ्यासमा वासिङ्टनको परमाणु–सञ्चालित विमान वाहक ‘युएसएस थियोडोर रुजवेल्ट’, टोकियोको निर्देशित मिसाइल विध्वंसक ‘जेएस ओटागो र सियोलको ‘केएफ–१६’ लडाकू जेट समावेश थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: