Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘देशैभर कानुनका जनशक्ति आवश्यक’

खबरडबली संवाददाता

दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्न खत्रीले देशैभर कानुनका जनशक्ति आवश्यक रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँगको अन्तरक्रियामा बोल्दै उनले कानुनका विद्यार्थीहरुले समाजलाई पनि कानुनीरुपमा सुसूचित गर्नुपर्ने बताए । 

“कानुनविना केही काम गर्न सकिँदैन, सरकारले गर्ने कामको मूल आधार भनेको कानुन नै हो”, मन्त्री खत्रीले भने । उनले नेपालमा केही राम्रो छैन भन्ने भाष्य निर्माण हुँदै जानु दुःखद भएको बताए । “हामीले नेपालमै केही गरेका व्यक्तिलाई उत्प्रेरक मान्न छाडेका छौँ, विदेश जानेलाई मात्रै पछ्याउने कुराले विदेश जानुपर्ने बाध्यता बनाइरहेको छ”, मन्त्री खत्रीले भने । 

तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै उनले यसलाई प्रदेश सरकारले नमूना कलेजका रुपमा स्थापना गर्ने प्रतिबद्धता जनाए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुर्याउन स्थानीय सरकारका पहलकदमीमा कलेज स्थापना गरिएको स्पष्ट पारे । 

उनले कलेजले विभिन्न किसिमका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । विद्यार्थीहरुले कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका थिए । कार्यक्रमको सहजीकरण वसन्त आचार्यले गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...

देशभर ७ लाख ३५ हजार नयाँ मतदाता थपिए

काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् ।  आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending