Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा रसाईली निर्वाचित

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी मान ब.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन पर्‍याे । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्‍याे । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन पर्‍याे । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए । २०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE