काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीमा एकता र सहमति आवश्यक रहेकाे बताएका छन् । आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उजले यस्तो बताएका हुन् ।
उनले नेपालकाे राजनीतिक अस्थिरताकाे लागि कम्युनिस्ट पार्टी एक ठाउँमा उभिनु पर्ने पनि बताएका छन् । उनले बिना पैसा कुनै पनि सरकारी सेवा प्राप्त गर्ने परिस्थिति नरहेको बताए । उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए । उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए ।
उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले त्यसका लागि नेपालका कम्युनिस्ट पार्टीमा एकता र सहमति आवश्यक रहेको बताए ।
उनले भने, ‘‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिना पैसाको कुनै काम हुँदैन । सेटिङ मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखापर्छ । काम र व्यवहारमा देखापर्छ । हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ । अर्बौं कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशीलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यी सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिस्ट पार्टीमा एकता र सहमति आवश्यक छ ।’’
अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै उनले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: